३९ करोड १७ लाख बजेट प्रस्तुत गर्दै बैतेश्वोर गाउपालिकाको गाउँ सभा आरम्भ

नवीनकुमार खतिवडा
जेठ १०, मैनापोखरी

दोलखाको बैतेश्वर गाउँपालिकाको पाचौ गाउँसभा आरम्भ भएको छ ।

गाउँपालिका अध्यक्ष छवि लामाको अध्यक्षतामा भएको आरम्भ सभामा आ.ब. ०७६/०७७ को निति, कार्यक्रम तथा बजेट गाउँपालिका उपाध्यक्ष रबिचन्द्र आचार्यले प्रस्तुत गर्नुभएको छ।
आरम्भ सभामा आर्थिक विधेक२०७६, बिनियोजन विधेक २०७६ र आ.ब. २०७६/०७७ बजेट, निति तथा कार्यक्रम प्रस्तुत भएका हुन । ३२ बुदे निती तथा कार्यक्रम र कुल ३९ करोड १७ लाख २१ हजार रुपैया रहेको बजेटका प्राथमिकताका क्षेत्रहरू पुर्वाधार बिकास , सस्थागत बिकास र सेवा प्रवाह, सामाजिक बिकास , वातावरण तथा बिपत ब्यवस्थापन , आर्थिक बिकास र बित्तिय व्यवस्थापन तथा सुशासन रहेका छन ।

जस अनुसार पुर्वाधार बिकास तर्फ १० करोड ४५ लाख ५० हजार रुपैया , सामाजिक तथा सुशासन बिकास तर्फ ६ करोड १४ लाख ४९ हजार, वातावरण तथा बिपत ब्यबस्थापन तर्फ २१ लाख ५० हजार ,आर्थिक बिकास तर्फ ९९ लाख ७२ हजार, र कृषि तथा पशुपालन तर्फ १ करोड ३० लाख रहेको छ । असार २२ गते पुन बस्ने गरि आजको सभा सम्पन्न भएको गाउँ पालिका अध्यक्ष छवि लामाले सभा मार्फत जानकारी दिनुभयो थियो ।
२२ गते बस्ने सभाले आज प्रस्तुत गरिएको नीति तथा कार्यक्रम र बिनियोजन विधेक पारित गर्ने छ भने आर्थिक विधेक २०७६ आज नै पारित भएको छ।