दर्पण संवाददाता
चरिकोट, ५ जेठ
दोलखामा शसस्त्र प्रहरीको टोलीले दुर्लभ वन्यजन्तु चितुवाको छाला वरामद गरेको छ ।
शसस्त्र प्रहरी बल १८ नं गुल्मको टोलिले दोलखाको तामाकोशी गाँउपालिका वडा न ५ किर्नेबाट दुर्लभ वन्यजन्तु चितुवाको छाला वरामद गरेको छ । वरामद गरिएको चितुवाको छाला ५.५ फिट लामो रहेको सशस्त्र प्रहरी बल दोलखाले जनाएको छ । तामाकोशी गाँउपालिका वडा न ५ किर्नेमा चितुवाको छाला किनवेच हुन लागेको भन्ने सुराकीको आधारमा जाँदा सामान वोक्ने व्यक्तिहरु प्रहरीलाई देखि सामान छोडि भागेको प्रहरीले जनाएको छ । अवश्यक कावाहिको लागि डिभिजन बन कार्यालय दोलखामा बुझाइएको छ ।
गत वर्षदेखि दोलखामा स्थापना भएको सशस्त्र प्रहरीको टोलीले यस अघि समेत विभिन्न वन्यजन्तुको अखेटोपारहरु वरामद गदै आएको छ । तस्करी गरी अन्यन्त्र लैजान लागेको अवस्थामा राष्ट्रिय पंक्षी डाँफे तथा ४ केजी सालको खपेटा समेत वरामद गरेको थियो ।