चरिकोट देखि कांकडभित्ता सम्म आज देखि बस संचालनमा

चरिकोट जेठ १
दोलखा जिल्ला सदरमुकाम चरिकोटबाट काँकडभिट्टासम्म आज बाट नियमित बस सेवा संचालनमा आएको छ।
दोलखा देखि लामो दुरिमा रहेको इन्डिया को सिमाना अन्तरगत पर्ने झापा जिल्लाको काकड्भिट्टा सम्म रोल्वालिङ यातायात समितिले नियमित बस संचालन गरेको हो ।
११ जना यात्रु सहित आजबाट सेवा शुरु गर्ने पहिलो बसका चालकलाई रोल्वालिङ यातायातका अध्यक्ष बालकृष्ण आचार्य र जिल्लाका ट्राफिक प्रहरी प्रमुख चन्दमान तामाङलगातले खादा लगाएर काँकडभिट्टाका लागि विदाई गरेका थिए ।
चरिकोटदेखि काकडभिट्टासम्मको भाडा तत्कालका लागि ११ सय रुपैयाँ भाडा तोकेको छ । यो भाडा हाल तोकिएको भयता पनि सरकार र यातायात महासंघले तोके अनुसार बैज्ञानिक भाडा दर कायम गरिने रोल्वालिङ यातायात का अध्यक्ष बालकृष्ण आचर्य ले बताउनु भयो।
बस सेवा चरिकोटबाट दैनिक २ बजे र काकडभिट्टाबाट चरिकोटका लागि दैनिक ३ बजे बस छुट्ने व्यवस्था समितिले गरेको छ ।
यो बस सेवा सञ्चालन भएपछि पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको दोलखामा दार्जिलिङ हुँदै भारतिय र पूर्वी नेपालका पर्यटक आउन अझ सहज हुने आशा जिल्लाबासीको छ। साथै रोजगारिको लागि तेस क्षेत्रमा धेरै नागरिक हरुको बसोबास रहेकाले सहज हुने स्थानीयहरु ले बताएका छ्न।