इन्द्र श्रेष्ठ दोलखा उद्योग वाणिज्य संघको अध्यक्षमा बिजयी , नेकपा निकट कार्की समुहको ६ सदस्य निर्वाचित ।

दोलखा/ दोलखा उद्योग वाणिज्य संघको २२ औ साधारण सभाबाट युवा व्यवसायी इन्द्रबहादुर श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् ।
शनिबार भएको निर्वाचनमा प्रतिद्वन्दि सुन्दर कार्की लाइ ३६ मत अन्तरले पराजित गर्दै श्रेष्ठ विजयी भएका छन् ।

निर्वाचनमा संघको तत्कालिन महासचिव इन्द्रबहादुर श्रेष्ठले ४०३ मत प्राप्त गरेका थिए भने तत्कालिन अध्यक्ष सुन्दर कार्कीले ३ सय ६७ मत प्राप्त गरेका थिए । निर्वाचनमा लोकतान्त्रिक समुहबाट इन्द्रबहादुर श्रेष्ठको प्यानलबाट १० जना र नेकपा निकट सुन्दर कार्कीको प्यानलबाट छ जना विजयी भएका छन् ।

कार्कीको प्यानलबाट खुला सदस्यमा दिनेश वस्नेत, बलराम थापा, श्याम कायष्थ, दिनेश पाठक, सुरेश उप्रेती र हिमाल न्यौपाने विजयी भएका छन् ।

 

श्रेष्ठको प्यानलबाट अध्यक्ष श्रेष्ठ सहित खुला सदस्यमा दिनेश थापा, सनत थापा, हेमराज रिमाल, देवकृष्ण थापा, गणेशबिक्रम शाहि र बिमल श्रेष्ठ, महिला सदस्य अनिता श्रेष्ठ र दलित सदस्य नवराज रिजाल विजयी भएका छन् । एशोसीयट सदस्यमा भने श्रेष्ठ प्यानलका कृष्ण श्रेष्ठ यस अघिनै सर्वसम्मत भै सकेका थिए ।

दोलखा उद्योग बाणिज्य संघमा आठ सय ५२ सदस्य रहेकोमा आठ सय पाँच मत खसेको थियो ।