दर्पन संबाददाता
चरिकोट, १५ वैशाख
धार्मिक तथा पर्याटकिय क्षेत्र शैलुङमा शुत्रवार देखि सुरु भएको प्रथम शैलुङ महोत्सव २०७६ आज सम्पन्न भएको छ ।
सय थुम्का रहेको शैलुङ क्षेत्रलाई प्राकृतीक सुन्दरताको रुपमा विकास गराई पर्याटकिय गन्तव्यको रुपमा स्थापित गराउने उदेश्यले शुत्रबार देखि आयोजना गरेको तिन दिने प्रथम शैलुङ महोत्सव आज सम्पन्न भएको हो । दोलखा र रामेछापको सिमानामा पर्ने शैलुङको विकासको लागि भन्दै दोलखाको शैलुङ गाँउपालिका, मेलुङ गाँउपालिका र रामेछापको दोरम्बा गाँउपालिकाको संयुुक्त आयोजनामा शुक्रवार देखि तिन दिने प्रथम शैलुङ महोत्सव २०७६ को आयोजना गरिएको थियो ।
महोत्सवमा शैलुङ क्षेत्रमा उत्पादित कृषी जन्य वस्तुहरु चिज छुर्पी, आलु जन्य वस्तु, हिमाली जडिबुटि लगाएत सामग्रीहरुको प्रदर्शशनी गरिएको थियो । तिन दिनको अबधिमा शैलुङ क्षेत्रमा हजारौको संख्यामा मानिसहरुले भ्रमण गरेका छन् ।
महोत्सवको तिन दिनको अवधीमा ठुलो संख्यामा आन्तरीक तथा वाह्य पर्याटकहरु रमाउनेका लागि शैलुङ क्षेत्रमा पुगेको र धेर्रै क्षेत्रमा शैलुङको प्रचार प्रशार हुनुका साथै ठुलो सहयोग पुगेको मेलुङ गाँउपालिका अध्यक्ष नर बहादुर श्रेष्ठले बताउनु भयो । दोलखा र रामेटापको सिमानामा रहेको शैलुङको ८० प्रतिशत भुभाग आफनो गाँउपालिकामा पर्ने भन्नु हुँदै शैलुङ गाँउपालिका अध्यक्ष भरत दुलालले शैलुङ क्षेत्रलाई प्राकृतीक सुन्दरताको रुपमा विकास गराउन गाँउपालिकाले विशेष योजना बनाई काम गरि रहेको बताउनु भयो । आफैमा सुन्दर रहेको शैलुङ प्रचार प्रशारको अभावमा ओझेलमा परेको भन्नु हुँदै अध्यक्ष दुलालले केहि बर्ष पछि शैलुङ नेपालकै पर्याटकीय गन्तव्यको रुपमा विकास हुने दावी गर्नु भयो ।
शैलुङको प्रचार प्रशारको लागि शैलुङ, मेलुङ, र दोरम्बा गाँउपालिको आयोजनामा प्रत्येक बर्ष शैलुङ महोत्सवको आयोजना गरिने सहमती भएको छ । यो वर्ष खोलाखर्कमा महोत्सव भएको र अर्को बर्ष शैलुङ गाँउपालिकाको कालापानी क्षेत्र र अर्को बर्ष मेलुङ गाँउपालिकाको फुर्के सल्लामा महोत्सव आयोजना गरिने तिन गाँपालिका विच सहमती भएको छ ।
सय थुम्का रहेको शैलुङ धार्मिक रुपमा बुद्धको तपो भुमीको रुपमा समेत परिचित रहेको छ । शैलुङ लाई पर्याटकीय क्षेत्रको रुपमा विकास गरान प्रदेश सरकारको सहयोगमा शैलुङको कालापानी सम्म सडक स्तोर उन्नतीको काम भई रहेको छ भने पैदल यात्रुहरुलाई लक्षित गरी कालापानी देखि र्शैलुङ सम्म सिंढि लगाउने काम भई रहेको छ ।