दोलखा उद्योग वाणिज्य संघले तोक्यो नयाँ निर्वाचनको मितिः वैशाख २१ मा निर्वाचन हुने

दर्पण संवालदाता
चैत्र १५, चरिकोट
दोलखा उद्योग वाणिज्य संघको बैशाख २१ मा नयाँ निर्वाचन हुने भएको छ । दोलखा उद्योग वाणीज्य संघले वहिवार पत्रकार सम्मेलन गरी गरेका विभिन्न निर्णयहरु सार्वजनिक गरिएको छ । बुधबार संघको कार्यालयमा अध्यक्ष सुन्दर कार्कीको अध्यक्षतामा बसेको बैठकले गरेका विभिन्न निर्णयहरु पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो ।
दोलखा उद्योग वाणिज्य संघको सचिवालय चरिकोटले महत्वपूर्ण एजेण्डाहरुलाई प्राथमिकतामा राखी पटक–पटक कार्य समितिको बैठक बोलाउदा वर्तमान कार्य समितिमा रहेका केहि कार्य समिति पदाधिकारी तथा सदस्यहरुअनसपस्थित हुँदै आएका थिए । सचिवालयले पुन विभिन्न महत्वपुर्ण विषयमा निर्णय गर्नुपर्ने भन्दै मिति २०७५ चैत्र १३ गते बुधबारका दिन दिनको २ः३० बजे वैठक वोलाईएको थियो ।
पटक पटक वैठकमा आमन्त्रण गर्दा समेत कार्य समितिको बैठकमा समेत गणपुरक संख्या अपुग भएको हुदाँ संघको विधानको परिच्छेद १० को १०.१ गणपुरक संख्या वुदा “ग” मा उल्लेख भएकोे विधानको अधिकार प्रयोग गरी बैठकमा (१÷३) कार्य समिति सदस्यको उपस्थितीमा वैठकले उक्त निर्णय गरेको अध्यक्ष सुन्दर कार्कीले बताउनु भयो ।
बैठकले संघको २२ औँ साधारण सभा एवम् अधिवेशन बैशाख २१ गते गर्ने, जसका लागी विभिन्न उपसमितिहरु गठन गरिएका छन् ।
जस अन्र्तगत अध्यक्ष सुन्दर कार्कीको संयोजकत्वमा ३ सदस्यीय अतिथि सत्कार उपसमिति, द्धितीय उपाध्यक्ष दिनेश बस्नेतको संयोजकत्वमा सम्मान तथा क्षतिपुर्ति वितरण उपसमिति, बलराम थापाको संयोजकत्वमा दिवाभोज तथा यातयात व्यवस्थापन उपसमिति, सुरेश उप्रेतिको संयोजकत्वमा कार्यक्रम मञ्च व्यवस्थापन तथा पत्रचार उपसमिति र सुन्दर कार्कीको संयोजकत्वमा प्रतिवेदन छपाई उपसमिति गठन गरिएको छ ।
त्यसैगरी विभिन्न स्थानका व्यवसायीक फर्म प्यानमा दर्ता भएका व्यवसायीले संघमा पेश गर्नुहुने ८ सय ३१ जना सदस्य कार्यसमितिको बैठकले अनुमोदन गरेको छ ।