दर्पण संवादाता
मागापौवा, १८ पौष
दोलखाको शैलुङ गाँउपालिका वडा न ४ मागापौवामा ए.एस.एफ नेपालले हालसम्म र्ममत तथा पुन निर्माणको क्षेत्रमा संचालन गरेको कार्यक्रमको वारेमा सार्वजनिक गरेको छ ।
ए.एस एफ नेपालले मर्मत तथा पुन निर्माण परियोजना अन्र्तगत दोलखाको शैलुङ गाँउपालिका वडा न ४ मागापौवामा २०७३ कार्तिक देखि संचालन गर्दै आएको कार्यक्रमको वारेमा बागखोर बजारमा गाँउपालिका समन्वय समिती वैठक कार्यक्रमको आयोजना गरी परियोजनाको बारेमा समिक्षा गरेको हो । भूकम्पबाट प्रभावित समुदायको पुनलाभको लागि समुदायमा आफैलाई सुरक्षित आवस निर्माण सम्वन्धी ज्ञान सिप र चेनताका विकास गराई पुन निर्माणमा समुदायलाई अग्रसर बनाउनको लागि भुमिका निवार्ह गर्ने उदेश्यले मागापौवा कार्यक्षत्र बनाई कार्यक्रम संचालन गर्दै आएको कार्यक्रम संयोजक राजकुरमा ढुङगेलले बताउनु भयो । संस्थाले हाल भूकम्पबाट प्रभावित लाभग्राहिहरुको भूकम्प प्रतिरोधी बनाउन प्राविधिक सहयोग, प्रकोप नियन्त्रणका लागि सहभागितामुलक क्षमता विकास, स्थायिन परम्परागत घरहरुलाई संरक्षण, समुदायिक भवन तथा शौचालय निर्माण लगाएतका कार्य संचालन गर्दै आएको छ ।

संस्थाले मागापौवामा हाल एउटा सामुदायिक भवन, एउटा सार्वजनिक शौचालय, एक चौतारो निर्माण गरी गरि सकेको छ भने पुन एक सामुदायिक भवन र एक शौचालय निर्माणको तयरीमा रहेका संयोगक ढुंगेलले बताउनु भयो । आयआर्जनका स्रोत कम भएका विपन्न परिवार पहिचान गरी ११ परिवारलाई आर्थिक सहयता स्वरुपम प्रति परिवार ५० हजारका दरले ५ लाख ५५ हजार रुपैया समेत सहयोग गरेको छ । कारीतास लग्जम्वर्ग को आर्थिक सहयोगमा एएसएफ नेपालले संचालन गरेको कार्यक्रममा निशुल्क रुपमा मागबापौवामा प्राविधिक सहयोग उपलव्ध गराएकोले पुन निर्माण गर्नको लागि गाँउपालिकालाई समेत सहज भएको गाँउपालिका प्रमुख भरत दुलालले बताउनु भयो ।
