वागमती प्रदेश कल्व स्तरीय फुटवल प्रतियोगिताको उपाधी एक्टीभ व्वाइज कल्व खरिढुंगालाई

दोलखाको सदरमुकाम चरीकोटमा आयोजना गरिएको प्रथम बाग्मति प्रदेश क्लब स्तरिय खुल्ला पुरुष फुटबल प्रतियोगितामा एक्टीभ व्वाइज कल्व खरिढुंगा च्याम्पीयन बनेको छ । चरिकोट स्थीत भिमेश्वर रङगशाला खेल मैदानमा आज भएको फाइनल खेलमा लालिगुरास यूवा कल्व चरिकोटलाई पराजित गर्दैं एक्टीव व्वाइज कल्व खरिढुंगा विजयी भएको हो । प्रतियोगितामा लालिगुरास युवा चरिकोटले १ गोल गरेको थियो भने एक्टीभ व्वाईज कल्व ले २ गोल गर्दै प्रतियोगिताको विजयी बनेको थियो । फुटबल प्रतियोगितामा विजयी भए संगै एक्टीभ व्वाईज कल्व खरीढुंगाले नगद दुई लाख पचास हजार सहित सिल्ड मेडल र प्रमाणपत्र हात पारेको छ । फाइनल खेलमा उपविजेता बनेको लालिगुरास युवा कल्व चरिकोटले नगद १ लाख २५ हजार सहित मेडल र प्रमाणपत्र प्रदान प्राप्त गरेको छ ।

प्रतियोगितामा दोलखा, रामेछाप, सिन्धुली, धादिङ, नुवाकोट, ललितपुर, काभ्रेपलाञ्चोक लगाएतका वागमती प्रदेश भित्रका विभिन्न जिल्लाका १२ वटा कल्वहरु फुटबल प्रतियोगितामा सहभागी भएका थिए । दोलखा जिल्ला फुटबल संघले जिल्लामानै पहिलो पटक आयोजना गरेको वागमती प्रदेश कल्व स्तरीय खुल्ला पुरुष फुटबल प्रतियोगिता चरिकोट स्थित भिमेश्वर रङगशालामा कार्तिक २० गते देखी सुरु भएको थियो ।