जिल्ला स्तरीय राष्ट्रपती उत्कृष्ट कृषक पुरस्कारबाट शान्त जिरेल सम्मानित


दोलखाको जिल्ला स्तरिय राष्ट्रपती उत्कृष्ट कृषक पुरस्कारबाट किस्मत प्राइभेट कृषि फर्मका संचालक शान्त जिरेल सम्मानित हुनुभएको छ ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र, चरिकोट दोलखा मार्फत राष्ट्रपती उत्कृष्ट कृषक सम्मान पुरस्कार कार्यक्रमबाट वंगुरपालन तर्फ किस्मत कृषि फमका संचालक जिरेललाई सम्मान गरिएको हो । बंगुर पालन तर्फ उत्कृष्ट कृषक वन्नभएकोमा एक औपचारिक कार्यक्रमका साथ नगद १५ हजार रुपैँया सहित सम्मान पत्रले सम्मान गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र, चरिकोटले जनाएको छ । युवा कृषि उद्यमी जिरेलले किस्मत प्राईभेट कृर्षि फर्म सञ्चालन गर्दै भिमेश्वर नगरपालिका वडा नम्वर ६ चरिकोटमा लामो समय देखि वंगुर पालन लागएत व्यवसायीक कृषि व्यवसाय गर्दै आई रहनुभएको छ ।

चरिकोटमा आयोजित एक कार्यक्रमका विच जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी, प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमाल, भेटेरिनरि अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका डा ज्ञान बहादुर जिरेलले युवा कृषि उद्यमी जिरेललाई नगद सहित सम्मान पत्रले सम्मान गरेकाहुन ।