गाउँ गाउँमा नै पुगेर योजना सम्झौता गर्दै कालिन्चोक गाउँपालिका


दर्पण संवाददाता
चरिकोट, १८ भाद्र ः दोलखाको कालिन्चोक गाउँपालिकाले गाउँगाउँमानै पुगेर योजना सम्झौताको काम सुरु गरेको छ ।

पालिकाले उपभोक्त समितीहरुलाई सहज गराउने र छिटो र दिगो काम गराउने उदेश्यले सम्वृद्ध कालिन्चोकका लागि विकास शिविर योजना सम्झौता कार्याक्रमको आयोजना गरि गाउँ गाउँमानै गएर योजना सम्झौताको काम सुरु गरेको हो । पालिकाको आर्थिक वर्ष २०७८÷७९ मा गाउँपालिका बाट छनोट भएका योजनाहरु समयमानै सम्पन्न गराउन र उपभोक्ताहरुलाई योजना सम्झौता गर्नका लागि पालिका सम्म आउनु पर्ने वाध्यतालाई हटाएर सहज गराउने उदेश्यले वडा वडा मा नै शिविरको आयोजना गरिएको गाउँ पालिका अध्यक्ष विन कुमार थामीले बताउनु भयो । पालिकामा योजना सम्झौताको लागि विभिन्न वडाहरुबाट एक दिनको बाटो खर्च गरेर पालिका आउनु पर्ने वाध्यता रहेको थियो । पालिकामा आउँदा सम्झौताको लागि कागजपत्र नपुग्ने र उपभोक्ताहरुले दुख पाउने गरेकोमा टोल टोलमा नै गएर योजना सम्झौता गर्दा सहज हुने गरेको प्रमुख प्रसाशकिय अधिकृत नवराज वलिले बताउनु भयो ।

सम्वृद्ध कालिन्चोकका लागि विकास शिविर कालिन्चोक गाउँपालिका वडा नम्वर ६ लापिलाङबाट विहिवार बाट सुरु गरिएको छ । प्रत्येक वडाहरुमा एक एक दिन शिविर संचालन गरिने र भाद्र २७ गते सम्म पालिको सवै वडाहरुमा योजना सम्झौताको काम सकिने योजना रहेको इन्जिनियर नारायण शिवाकोटीले बताउनु भयो । पालिकाको यो वर्ष करिव ३ सय भन्दा वढि योजनाहरु रहेको छ । आफुहरु निर्वाचित भएर ल्याएको अन्तीम बजेट भएको र समयमानै सक्नुपर्ने वाध्यता समेत रहेको हुँदा समयमानै काम सुरु गराउन लागिएको अध्यक्ष थामीले बताउनु भयो । पालिकाले समयमानै योजना सक्न छुटै नियम समेत बनाएको छ । समयमानै योजना सम्झौता भएतापनी भुक्तानीको लागि आर्थिक वर्षको अन्त सम्मनै पर्खनै उपभोक्ताहरुको वानीलाई सुधार गराउन एक लाख सम्मको योजना सम्झौता भएको मितीले एक महिना भित्र र ५ लाख सम्मको योजना ३ महिना भित्र र १० लाख सम्मको योजनाहरु ५ महिना भित्र सम्पन्न गरि भुक्तानी लिनुपर्ने नियम बनाएको छ ।