अरनिको र रोल्वालिङ यातायात विच सहमती हुन सकेन, दोलखामा विहानै देखि बन्द सार्वजनिक यातयात अझै सुचारु हुन सकेन


दोलखा जिल्लामा सेवा दिँदै आएको रोल्वालिङ यातायात र पुर्व अरनिको यातायात बिच भएको बिवादका कारण वन्द भएको सार्वजनिक यातयात दोलखामा अझै संचालनमा आउन सकेको छैन् । सार्वजनिक यातयात संचालनको लागि दुई पक्ष हाल सम्म सहमती हुन सकेको छैन् ।
सार्वजनिक यातयात संचालनको वारेमा दुई समिती विच विवाद भए पछि दोलखा जिल्लामा आज विहानै देखि सार्वजनिक सवारीसाधन संचालन हुन सकेको छैन् । यातयात संचालनको लागि जिल्ला प्रशासन कार्यालय दोलखाले बोलाएको वैठकमा सहमती नभएको र भोली सम्मको लागि वैठक स्थगित भएको साहयक प्रमुख जिल्ला अधिकारी औलख बहादुर आलेले बताउनु भयो । दोलखामा सहमती हुन नसके पछि अरनिको समितीलाई काडमाण्डौमानै वार्ताको लागि आग्रह गरीएको र जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा पनि छलफल भई रहेको रोल्वालिङ यातयात सहकारी संस्थाका अध्यक्ष मिंगुर शेर्पाले बताउनु भयो ।

दोलखा जिल्लाको विभिन्न क्षत्रहरुमा सार्वजनिक यातयात संचालन गर्दै आएको अरनि र रोल्वालीङ यातयातले यस काठमाण्डौको जडिबुटीमा काउन्टर राखी वस संचालन गर्दै आएको थियो । हाल काठमाण्डौ महानगरपालिकाले उक्त स्थानबाट काउन्टर हटाए पछि कहावाट बस संचालन गर्ने भन्ने विषयमा दुई समिती विच विवाद हुँदै आएको छ । रोल्वालीङ यातयातले काठमाण्डौ महानगरपालिकाले तोकेको स्थानमानै काउन्टर संचालन गरे पनि अरनिले भने उक्त स्थानबाट सेवा संचालन नगरे पछि विवाद सुरु भएको हो । काठमाण्डौं महानगरपालिकाको निर्णय अनुसार नयाँ बसपार्कवाट बस संचालन गर्दा अरनिको यातायातले अवरोध गर्नुका साथै मजदुर माथि कुटपीट गरिएकाले आफुहरु बाध्य भएर आन्दोलनमा उत्रिनु परेको अध्यक्ष शेर्पाले बताउनु भयो । दुई यातयात विचको समस्या समाधानको दिर्घकालीन उपाय नखोजिएसम्म आफुहरुको आन्दोलन जारी रहने अध्यक्ष शेर्पाले बताउनभयो । आज बिहानैदेखि रोल्वालिङ यातायात र पुर्व अरनिको यातायातबिच बिवादका कारण यातायात सञ्चालनमा अवरोध भएपछि यात्रु हरु मारमा परेका छन । रोल्वालिङ यातायातले गरेको आन्दोलनका कारण पूर्व अरनिको यातायातका बस र सुमो दोलखावाट काठमाडौं जान पाएका छैनन ।