अरनिको र रोल्वालिङ यातयात विच सहमती पछि दोलखामा वन्द सार्वजनिक सवारीसाधन संचालनमा


अरनिको र रोल्वालिङ यातयात विच विवाद भए पछि दोलखामा हिजो विहान देखि बन्द रहेको सार्वजनिक सवारी साधन संचालनमा आएको छ ।
जिल्ला प्रशासन कार्यालय दोलखामा आज दुईपक्ष विच सहमती भए पछि सार्वजनिक सवारी साधन संचालन गर्ने सहमती भएको हो । दोलखामा सार्वजनिक सवारीसाधन संचालन गर्दै आएको अरनिको यातयात र रोल्वालिङ यातयातको विचमा विवाद भएपछि हिजो विहान देखि दोलखाबाट काठमाण्डौ जाने यात्रवाहक सवारीसाधन ठप्प भएको थियो । सवारी साधन वन्द भएपछि जिल्ला प्रशासन कार्यालय दोलखामा यातयात समितीका दुवै पक्ष र जिल्ला स्थीत सरोकारवाला निकायहरु विच भएको वैठकमा चार बुँदे निर्णय गर्दै यातयात संचालन गर्ने सहमती भएको हो ।
अरनिको र रोल्वालिङ यातयातका मजदुर विच एक आपसमा भएको झडपमा घाइते भएका जुन पक्षले घटना घटाएर घाइते भएको हो सोहि पक्षले उपचारको व्यवस्था मिलाउनु पर्ने र अस्विकार गरेमा कानुनी प्रकृया अघि वढाउने, निर्वाद रुपमा दुवै पक्षले वस संचालन गर्दा कोहि कसैवाट अवरोध भएमा छानविन गरी कारवाहि गरीने, विगतमा दुई यातयात कम्पनी विच भएको समझदारी कायम राख्ने जस्ता बुँदाहरुमा सहमती भएको रोल्वालिङ यातयात समितिका अध्यक्ष मिङगुर शेर्पाले जानकारी दिनुभयो । दुई पक्ष विच सहमती भए पछि आज दिउँसो देखि सवारी साधन संचालनमा आएको छ ।