दोलखामा १५ दिन थापियो लकडाउन, जेठ १५ सम्म पुर्ण रुपमा बन्द

दर्पण संवाददाता
चरीकोट, ३१ बैशाख ः  दोलखामा १५ दिन लकडाउन थप गर्ने निर्णय भएको छ ।

वैशाख २२ गते बाट वैशाख ३१ सम्म गरिएको लकडाउन १५ दिन थप गरेर जेठ १५ गते सम्म गरिने निर्णय भएको जिल्ला समन्वय समिती दोलखा प्रमुख डवल पाण्डेले बताउनु भयो । जिल्लामा कोरोना संक्रमति दैनिक वढदै गएको कारण आवतजावत पुर्ण रुपमा वन्द गरिने भएको छ । स्थानिय तहको सिफारिसको आधारमा आवतजावत भई रहेको अवस्थामा अव वजार क्षत्र मात्र नभई सवै क्षत्रमा पुर्ण रुपमा वन्द गरिने उहाँले बताउनु भयो ।

भिडभाड हुने विवाह व्रतवन्ध पार्टी दिवाली कुलपुजा जस्ता सवै कार्यहरु वन्द गराउने निर्णय भएको छ । यस अघि वैशाख २२ गते बाट गरिएको लकडाउन भन्दा थप गरिएको लकडाउनमा पुर्ण रुपमा कडाई गरिने निर्णय भएको छ ।

जिल्लामा दैनिक कोरोना संक्रमित वढदै गई रहेको छ । सक्रिय संक्रमित ४ सय नघि सकेको छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि पुर्ण रुपमा लकडाउन गरिएको हुँदा कोहि घर वाहिर ननिस्कनका लागि प्रशासनले आग्रह गरेको छ ।