६ वैशाख,
नेपाल सरकारले कोरोना भाइरसबाट प्रभावित सहरी क्षेत्रका विद्यालयहरु बैशाख मसान्त सम्म बन्द गर्ने निर्णय गरेको छ ।
आज बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख मसान्तसम्म विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । सरकारले ‘सहरी क्षेत्रका विद्यालयहरु बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवमं सञ्चार तथा सुचना प्रविधी मन्त्री पार्वत गुरुङले बताउनु भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिन अधिनै नै शहरी क्षेत्रका विद्यालय बन्द गर्न प्रस्ताव गरेको भए पनि मन्त्रिपरिषदले निर्णय नगरेपछि उपत्यकासहित १४ जिल्लालाई अति प्रभावित क्षेत्रमा राख्दै बालबालिकालाई विद्यालय नपठाउनका लागि आग्रह गरेको थियो ।
आजको मन्त्रीपरिषद वैठकले विद्यालयका साथै सिनेमा हल, पार्टी प्यालेस, रंगशाला लगायतका भीडभाड हुने क्षेत्र पनि बन्द गर्ने निर्णय गरेको छ ।

