किर्नेमा वैकल्पीक मार्ग निर्माण भए पछि मन्थली चरिकोट यातयात सुचारु

तामाकोशी मन्थली सडक खण्ड अन्र्तगत दोलखाको किर्नेमा वैकल्पीक सडक मार्ग निर्माण भए संगै यातयात संचालनमा आएको छ ।

भिषण वर्ष पछि आएको वाढिले तामाकोशी मन्थली सडक खण्ड अन्र्तरगत किर्नेटारमा सडक कटान गरी विभिन्न ठाउँमा पहिरो गए पछि सडक अवरुद्ध बनेको थियो । किर्नेटारमा वाढिले सडक कटान गरेपछि दोलखा र रामेछापको सडक यातयात सम्पर्क विछेद भएको थियो । सम्वन्ध विछेद भएको दोलखा र रामेछापको सडक सुचारु गराउनका लागि किर्नेटारमा वैकल्पीक सडक निर्माण गरे संगै यातयात संचालनमा आएको हो । किर्नेटार बजारमा जाने भित्रि सडक चौडा गरी हाइडोका कर्मचारी अवास बाट फुटवल मैदान हुँदै नयाँ वैकल्पीक ट्रयाक खोले पछि आज दिउँसोबाट यातयात सुचारु भएको हो । यातयात संचालनमा आए संगै असोज १२ गते आएको वाढिले सम्वन्ध विछेद भएको दोलखा र रामेछापको सडक सम्पर्क जोडिएको छ । किर्नेमा सडक निर्माण गरी यातयात संचालन गराउनका लागि दोलखा प्रशासन र रामेछाप प्रशासनले निकै चासो देखाएको थियो । रामेछाप सडक संजालबाट टुटेसंगै हिजो वाढि क्षत्रको स्थलगत निरिक्षण गर्नुहुँदै उर्जा राज्य मन्त्री कान्छाराम तामाङ र कुलमान घिसिङले कम्पनीको विच भाग वाटै वैकल्पीक मार्ग खोल्नका लागि निर्देशन दिएका थिए । सो क्षत्रमा वैकल्पीक सडक निर्माण भए संगै रामेछाप मन्थली यातयातहरुलाई राजधानी काठमाण्डौ सम्म जानका लागि सहज भएको छ । खुर्कोटमा रहेको पुल बाढिले वगाए पछि त्यस क्षत्रका यातयातहरु हाल मन्थली किर्ने चरीकोट हुँदै काठकाण्डौ जान थालेका छन् । गत १२ गते आएको वढिले किर्ने बजारमा सडक कटान गर्नुका साथै भौतिक संरचनाहरुमा समेत क्षती गरेको थियो ।