राष्ट्रिय युवा संघ नेपाल दोलखाको अध्यक्षमा सरोज बस्नेत चयन

युवा संघ नेपाल दोलखाको चरिकोटमा सम्पन्न नबौ अधिबेशनबाट सरोज बस्नेत सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो । कमिटीको उपाध्यक्षमा सुजन श्रेष्ठ, सचिबमा सुरज खड्का, सहसचिबमा हरिबंश बुढाथोकी र मिलन खड्का, कोषाध्यक्षमा अप्सरा जिरेल चयन हुनुभएको छ ।

बस्नेतको अध्यक्षतामा ५७ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो ।
नेकपा एमाले निकट युवा हरुको संगठन राष्ट्रिय युवासंघ नेपाल दोलखाको आजबाट चरिकोटमा नबौ जिल्ला अधिबेशन सुरु भएको थियो । चरिकोटको ए वान पार्टी प्यालेसमा सुरु भएको अधिबेशन नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा युवा संघ युवा नेपालका इन्चार्ज महेश बस्नेतले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।