गौरिशंकरको वाढी पहिरो सम्वन्धमा एमाले गौरिशंकर कमिटीद्धारा प्रमुख जिल्ला अधिकारीको ध्यानकर्षण

दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ७ मार्वु ८ खारेमा गत साउन १८ गते गएको पहिरोबाट सिर्जित समस्या समाधानको लागि नेकपा एमाले गौरीशंकर गाउँपालिका कमिटी दोलखाले प्रमुख जिल्ला अधिकारी मार्फत सरकार समक्ष ध्यानाकर्षण पत्र बुझाएको छ ।
गत १८ गते राति परेको अबिरल बर्षाका कारण गएको पहिरोमा परी घाइते भएकाहरुको उपचार, वेपत्ताको खोजी र संकटमा रहेका जनताको तत्काल उद्धार र राहतको व्यवस्था गरिदिन प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला मार्फत कमिटिले नेपाल सरकार समक्ष ७ बुदेँ ध्यानाकर्षण पत्र बुझाएको हो । उक्त अबिरल बर्षाका कारण गौरीशंकर गाउँपालिका वडा नम्बर ७ टोपाटारमा २ जनाको मृत्यु भएको थियो भने २ जना अझै बेपत्ता रहेका छन । घाईते मध्य एक जनाको काठमाडौस्थित टिचिङ अस्पतालको मनमोहन कार्डियोलोजी सेन्टरमा र दुई जना बीर हस्पिटलको ट्रमा सेन्टरमा उपचारको क्रममा रहेका छन । त्यस्तै वडा नं ८ को सल्लेमा ३४ घर, वडा नं ७ को भस्मेमा २७ घर र टोपाटारमा ५ घर पूण क्षेती भएको छ । उक्त बाढी पहिरोवाट मानवीय तथा सम्पत्तीको ठुलो क्षेती भएकोप्रति नेकपा एमाले गौरीशंकर गाँउपालिका कमिटीले दुःख व्यक्त गरेको छ ।


कमिटिका अध्यक्ष जंग गुरुङद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा बाढी पहिरोमा परी गम्भीर घाइतै भै उपचारको क्रममा रहेका घाइतेहरुको उपचार खर्च नभै अलपत्र अवस्थामा रहेकाले उनिहरुको उपचारमा पूर्ण सहयोग गरिदिन हुन अनुरोध गरेको छ । त्यस्तै हालसम्म बेपत्ता रहेको व्यक्तिहरुको खोजी कार्य गरी एकीन गरिदिन, विस्थापित वस्तीहरुका नागरिकहरुलाई तत्काल सुरक्षित स्थानमा अस्थायी व्यवस्थापन गरिदिन साथै, तत्कालै उक्त स्थानमा स्वास्थ्य सेवा, खाद्यन्न र अन्य आधारभूत आवश्यकता पूरा गरिदिन, क्षेति पुगेको स्थानमा स्थायी बसोबास गर्न अति नै जोखिम रहेकाले विस्थापितहरुलाई स्थानन्तरण गरी स्थायी वसोवासको व्यवस्थाका लागि आवश्यक पहल गरिदिन, पहिरोले पैदल हिडने बाटो, मोटर बाटोमा क्षेती पुगी आवत जावतमा अबरोध र्पुयाएकाले तत्कालै बाटोहरु मर्मत गरिदिन आग्रह गरिएको छ ।

उक्त क्षेत्रमा मरेर सडेका पशु चौपायका कारण दुर्गन्ध फैलिएका र त्यसले महामारी ल्याउन सक्ने भएकाले तत्कालै सडेगलेका वस्तुहरुको व्यवस्थापन गरिदिन र बाढी पहिरो क्षेत्रका वालबालिकाहरु हालसम्म विद्यालय जानसक्ने अवस्थामा नभएकाले उनीहरुलाई शिक्षाको अधिकारको व्यवस्था गरिदिन माग गरेको छ ।
त्यस्तै हालसम्म उक्त क्षेत्रमा संघीय र प्रदेश सरकारले बाढी, पहिरो तथा तटीय क्षेत्र व्यवस्थापनका लागि कुनै पनि पहल कदमी तथा बजेट विनियोजनमा ध्यान नदिएका हुँदा तत्कालै सोसम्बन्धी ध्यान दिदै प्रयाप्त बजेटको व्यबस्थापन गरिदिन गौरीशंकर गाँउपालिका कमिटी दोलखाले माग गरेको छ ।

ध्यानकर्षण पत्रको पुर्ण विवरण
बाढी पहिरो सम्बन्धमा प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकार समक्ष प्रस्तुत ध्यानाकर्षण पत्र
अविरल वर्षाको कारण मिति २०८०÷४÷१८ गते गौरीशंकर गााउपालिका वडा नं ७ र ८ मा गएको वाढी पहिरोका कारण गौरीशंकर गाँउपलिका वडा नं ७ टोपाटारमा हालसम्म दुई जनाको मृत्यु भएको छ । दुई जना हालसम्म बेपत्ता भएका छन् । एकजना काठमाडौस्थित टिचिङ अस्पतालको मनमोहन कार्डियोलोजी सेन्टरमा र दुई जना बीर हस्पिटलको ट्रमा सेन्टरमा उपचारको क्रममा रहेका छन् ।
उक्त दिनको बाढी पहिरोले गाँउपालिकाको वडा नं. ८ को सल्लेमा ३४ घर, वडा नं ७ को भस्मेमा २७ घर र टोपाटारमा ५ घर पूणर् क्षेती भै स्थानतरण गर्नु पर्ने देखिन्छ । बाढी पहिरोले ठुलो संख्यामा पशु चौपाय र वाली नाली को क्षेती भएको छ । घरमा रहेका सम्पत्तिहरु नष्ट भै हालसम्म खाली जमिनमा पालमुनी जीवन गुजारा गरिरहेको दयनीय अवस्था छ । उक्त्त वाढी पहिरोवाट मानवीय तथा सम्पत्तीको ठुलो क्षेती भएकोप्रति नेकपा एमाले गौरीशंकर गाँउपालिका कमिटी दुःख व्यक्त गर्दछ । साथै, घाइतेको उपचार, वेपत्ताको खोजी र संकटमा रहेका जनताको तत्काल उद्धार र राहतको व्यवस्था गरिदिन जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकार तथा प्रदेश सरकारलाई हार्दिक अनुरोध पनि गर्दछौ ।
उक्त वाढी पहिरोबाट सिर्जित निम्नानुसारको समस्या समधानको लागि तीनै तहका सरकार समक्ष हार्दिकताको साथ निम्न कार्य गर्नको लागि अनुरोध गर्दछौ ।
१) उक्त बाढी पहिरोमा परी गम्भीर घाइतै भै उपचारको क्रममा रहेका घाइतेहरुको उपचार खर्च नभै अलपत्र अवस्थामा रहेकाले उहाँहरुको उपचारमा पूणर् सहयोग गरिदिन हुन ।
२) हालसम्म बेपत्ता रहेको व्यक्तिहरुको खोजी कार्य गरी एकीन गरिदिन हुन ।
३) विस्थापित वस्तीहरुका नागरिकहरुलाई तत्काल सुरक्षित स्थानमा अस्थायी व्यवस्थापन गरिदिन हुन । साथै, तत्कालै उक्त स्थानमा स्वास्थ्य सेवा, खाद्यन्न र अन्य आधारभूत आवश्यकता पूरा गरिदिन हुन ।
४) हाल बाढी पहिरोले क्षेती पुगेको स्थानमा स्थायी बसोबास गर्न अति नै जोखिम रहेकाले विस्थापितहरुलाई स्थानन्तरण गरी स्थायी वसोवासको व्यवस्थाका लागि आवश्यक पहल गरिदिन हुन् ।
५) उक्त बाढी पहिरोले पैदल हिड्ने बाटो, मोटर बाटोमा क्षेती पुगी आवत जावतमा अबरोध पु¥याएकाले तत्कालै बाटोहरु मर्मत गरिदिन हुन् ।
६) बाढी पहिरो क्षेत्रमा मरेर सडेका पशु चौपायका कारण दुर्गन्ध फैलिएका र त्यसले महामारी ल्याउन सक्ने भएकाले तत्कालै सडेगलेका वस्तुहरुको व्यवस्थापन गरिदिन हुन ।
७) बाढी पहिरो क्षेत्रका वालबालिकाहरु हालसम्म विद्यालय जानसक्ने अवस्थामा नभएकाले उनीहरुलाई शिक्षाको अधिकारको व्यवस्था गरिदिन हुन् ।
अन्तमा,
हरेक बर्ष दोलखाको उत्तरी क्षेत्र बाढी वहिरोको उच्च जोखिममा पर्ने र त्यसका कारण बर्षेनी जनधनको क्षेती भै अक्रान्त हुने हुदाँ उक्त क्षेत्रमा भूगर्भविद्धहरुको टोली खटाइ स्थायी समाधानका लागि पहल जरुरी देखिन्छ । तीनै तहका सरकारले गौरीशंकर गाउँ पालिकाभित्र बाढी पहिरो रोकथाम तथा तटीय क्षेत्रमा हुनसक्ने जोखिमलाई मध्यनजर गरेर बजेट विनियोजन गर्न आवश्यक छ । हालसम्म उक्त क्षेत्रमा खासगरी संघीय र प्रदेश सरकारले बाढी, पहिरो तथा तटीय क्षेत्र व्यवस्थापनका लागि कुनै पनि पहल कदमी तथा बजेट विनियोजनमा ध्यान नदिएका हुँदा तत्कालै सोसम्बन्धी ध्यान दिदै प्रयाप्त बजेटको व्यबस्थापन गरिदिन गौरीशंकर गाँउपालिका कमिटी जोडदार माग समेत गर्दछ ।
अध्यक्ष,
जंग बहादुर गुरुङ
गौरीशंकर गाँउपालिका कमिटी