
दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ५ ले बिरामीहरुलाई उपचारको लागि अस्पतल सम्म जानका लागि एम्बुलेन्स सेवा मार्फत ५ हजार रुपैया आर्थिक सहयोग गर्ने जनाएको छ ।
भिमेश्वर नगरपालिका वडा नम्वर ५ मा वसोवास गर्ने र आर्थिक रुपले पिछडिएका न्युन आय भएका विपन्न परिवारका सदस्यहरु विरामी परेमा अस्पताल सम्म जानका लागि वडाले आर्थिक सहयता स्वरुप ५ हजार सम्म एम्वुलेन्स खर्च उपलब्ध गराउने निर्णय भएको वडा नम्वर ५ का वडा अध्यक्ष वासु श्रेष्ठले जानकारी दिनुभयो ।
वडा समितीको साउन १६ गते बसेको वैठकले आवश्यक काजगात सहित विपन्न परिवार आवश्यक कागजात सहित वडामा निवेदन दिन आएमा सहयोगको एम्वुलेन्स सेवाको लागि सिफारीस गरिने निर्णय गरेको छ ।
जटिल प्रकारको रोग भएता पनि कतिपय विरामीहरु अझै खर्चको अभावमा रोग पालेर घरमानै वस्न वाध्य हुने गरेको पाइएको कारण काठमाण्डौ अस्पताल सम्म जानका लागी वडाले एम्वुलेन्स वापतको ५ हजार सहयोग गर्ने निर्णय गरेको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । वडाको यस कार्यक्रम अन्र्तगत वडाले आर्थिक अवस्था कमजोर भएका वा विपन्न भएका बिरामीहरुलाई उपचार गर्नको लागि प्रेरीत गर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार निशुल्क एम्वुलेन्स सेवा दिनका लागि वडाले ५० हजार रुपैया बजेट विनियोजन गरेको छ ।
