
दोलखाको सदरमुकाम चरिकोटमा रहेको जिल्लाकै सवैभन्दा ठुलो गौरिशंकर बहुमुखी क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन गौरिशंकर बहुमुखि क्याम्पस कमिटीले निशुल्क रगत समुह परिक्षण तथा संस्कृतीक कार्याक्रम सम्पन्न गरेको छ ।
अनेरास्वीयू गौरिशंकर क्याम्पस कमिटीले नेपालीहरुकको नयाँ वर्ष २०८० को अवसरमा शुभकामना आदानप्रदान सांस्कृतीक कार्यक्रमको आयोजना गरेको हो । गौरिशंकर बुहमुखी क्याम्पसमा भएको कार्यक्रममा ८९ जना महिला र ४२ जना पुरुष गरी १३१ जनाले रक्त समुह परिक्षण गराएको अनेरास्वीयू गौरिशंकार क्याम्पस कमिटीका अध्यक्ष सुुदम सुवेदीले जानकारी दिनुभयो ।

क्याम्पसमा अध्ययनरत विधाथीहरुले आफ्नो रक्त समुह निशुल्क रुपमा परिक्षण गराउने र शुभकामना आदानप्रदान गराउने उदेश्यले कार्याक्रमको आयोजना गरिएको जनाएको छ । अनेरास्वीयूका केन्द्रीय सदस्य राजकुमा ढुंगेलको प्रमुख आतिथ्यतामा भएको कार्याक्रममा अनेरास्वीयूका जिल्ला स्तरीय नेता तथा विधार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको अवसरमा सहयोग गर्ने विभिन्न संघ संस्थाहरुलाई सम्मान गरिएको छ ।
