दर्पण संवाददाता
चरीकोट, १ माघ
विष्णुलक्ष्मी साहित्य पुरस्कार समितिले दोलखाबाट वार्षिक रुपमा प्रकाशन गर्दै आएको सहित्यक पुस्तक प्रदेय आज सार्वजनिक भएको छ । विष्णुलक्ष्मी साहित्य पुरस्कार समितिले दोलखाको साहित्यक गतिविधीलाई समेटेर प्रत्येक वर्ष माघ १ गते प्रकाशन गर्दै आएको प्रदेय यो अंकमा जिल्लाका साहित्यकार तथा संचारकर्मीहरुको संस्मरणलाई समेटेर पुस्तक प्रकाशन गरेको छ ।
दोलखाको वरिष्ठ पत्रकार तथा संचारकर्मी चिरञ्जीवी मास्केले आफ्नो कर्म दिने र जन्म दिने दुई आमाको सम्झनामा स्थापना गर्नुभएको विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिले आज मास्केको जन्म दिनको अवसरमा पुस्तक सार्वजनीक गरेको हो । चरिकोटमा आयोजित एक कार्यक्रमका विच भिमेश्वर नगरपालिकाका प्रमुख भरत बहादुर केशीले पुस्तक विमोचन गर्नु भएको थियो ।
पत्रकार मास्केले आफ्नो कर्म दिने र जन्म दिने दुई आमाको सम्झनामा स्थापना गर्नुभएको विष्णुलक्ष्मी साहित्यिक पुरस्कारबाट साहित्यकार श्रष्ठा स्वर्गिय बोलबहादुर वस्नेतलाई मरणोपरान्त सम्मान गरेको छ । भिमेश्वर नगरपालिका वडा नम्वर ९ लाँकुरीडाँडाका साहित्यकार स्वर्गिय बोलबहादुर बस्नेतलाई मरणोपरान्त गरिएको सम्मानमा आज भिमेश्वर नगरपालिकाका प्रमुख भरत बहादुर केशीले स्वर्गिय वस्नेतको धर्मपत्नी कुमारी वस्नेतलाई नगद १० हजार सहित सम्मान पत्रले सम्मान गर्नु भएको थियो । पत्रकार मास्केले बिष्णुलक्ष्मी र तुलसीमाया आमाको नाममा विष्णुलक्ष्मी साहित्य पुरस्कार समिति मार्फत प्रत्येक वर्ष एकजना साहित्यकारलाई नगद १० हजार सहित सम्मान गर्दै आएको छ । कार्यक्रममा भिमेश्वर नगरपालिकाका प्रमुख भरत केसी, प्रमुख प्रशासकिय अधिकृत साहित्यकार मान बहादुर खड्का, दोलखा प्रहरी प्रमुख रेवतीरमण पोखरेल, साहित्यकार संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
