दर्पण संवाददाता
चरिकोट, २६ भाद्र
दोलखाको भीमेश्वर नगरपालिका तिन नम्वर प्रदेशकै पहिलो वालमैत्री नगर घोषणको अन्तिम चरणमा पुगेको छ ।
नगरपलिकाले वालमैत्री नगरपालिका घोषणाका लागि पुरा गर्नुपर्ने ३९ वटा सुचकहरु पुरा गरी सकेको र प्रदेश नम्वर ३ मा नै भिमेश्वर नगरपालिका पहिलो वालमैत्री नगरपालिका घोषणा गर्न यहि भाद्र २९ गते मिति तय गरीएको भिमेश्वर नगरपालिकाका प्रमुख भरत बहादुर केशीले बताउनु भयो । नगरपालिकाले सेवा प्रवाह सम्वन्धी वाल बचाउका १० ओटा, वाल संरक्षणका ५ ओटा, वाल विकासका ६ ओटा, र बाल सहभागिताका ६ ओटा गरी २७ ओटा सुचक र संस्थागत विकास सम्बन्धी १२ ओटा सुचक पुरा गरी बालमैत्री स्थानीय तह घोषण सम्बन्धी १६ ओटा चरणहरु पुरा गरी सकेको नगरपलिकाले जनाएको छ ।
नगरापलिकाले वालमैत्री स्थानीय शासन अवधारण सम्बन्धमा सम्पुर्ण सरोकारवालाहरुलाई अभिमुखिकरण, वालमैत्री स्थानिय शासन नगर समिती, वडा समिती, वाल अधिकार संरक्षण र संवद्धन समिती, नगर वाल संजाल, वाल कल्वको गठन तथा परिचानलन गर्दै आएको छ । योजना तर्जुमाको चरणमा समेत वालवालिकाको प्रतिनिधीत्व गराई वाल भेला गराई वालबालिकाहरुको सवाल पहिचान गरी नगर सभाबाट सम्बोधन गर्नुका साथै वालमैत्री आचर संहिताको लागु गराई वाल कल्याण कोषको समेत स्थापना गरेको छ ।
प्रदेश सभा सदस्य माननिय सामाजिक विकास मन्त्री यूवराज दुलालबाट २९ गते वालमैत्री नगर घोषण हुने नगरपालिका तिन नम्वर प्रदेशकै पहिलो नगरपालिका र नेपाल भरको चौथो नगरपालिका हुने प्रमुख प्रशासकिय अधिकृत मान बहादुर खड्काले बताउनु भयो । हरेक स्थानिय तहलाई वालमैत्री स्थानीय तह बनाउने सरकारको लक्ष्य अनुसार वालमैत्री स्थानीय तह घोषणा कार्यविधी २०७० वमोविमका प्रकृयाहरु पुरागरी स्थानिय तहलाई वालमैत्री स्थानिय तह घोषण गर्ने नीति अनुसार भिमेश्वर नगरपालिकाले २०७१ साल देखिनै प्रयासहरु थालनी गरेको र जनप्रतिनिधीहरुको वहाली पश्चात वालमैत्री स्थानिय शासन पद्धतीले गति लिएको र अहिले घोषणको अन्तीम तयारीमा रहेको नगर प्रमुख केशीले बताउनु भयो ।
