सुरेलको उदगम थलो सुरीमा धमाधम सुरेल संग्राहलयको निर्माण हुँदै

दर्पण संवाददाता
सुरी, २५ भाद्र

दोलखाको गौरिशंकर गाउँपालिका वडा नम्वर ५ सुरीमा मात्र परापुर्वकाल देखि वसोवास गर्दौ आएको नेपालकौ सुचिकृत आदिवासी जनजाति मध्ये एक सिमान्तकृत जनजाती हो सुरेल जाती । नेपालको अन्य क्षेत्रहरु भुभागमा वसोवास नभएको सुरेल जातिहरु परापुर्वकाल देखिनै दोलखाको उत्तरी दुुर्गम क्षेत्र सुरीमा वसोवास गर्दै आएका छन् ।

पहिल्लो समयको विकासको क्रममा आधुनिकता भित्रिन थाले संगै सुरेल समुदायका मानिसहरुलाई आफनो पहिचान रितिरिवाज गुम्ने चिन्ताले सताउन थालेका छन ्। उनिहरु पछिल्लो समय आफनो भाषा धर्म संस्कृती रितिरिवाज जोगाई राख्न र सुरेलको पहिचानको लागि धमाधम सुरेल संग्रालयको निर्माणमा जुटिरहेका छन् । सुरेल जातीको पुरातात्वयीक सामग्रीहरु, भेषभुषा, कला, को संरक्षण गर्ने उदेश्यले गौरिशंकर गाउँपालिका र प्रदेश नम्वर ३ को सहयोगमा संग्रालयको निर्माण गर्न लागिएको सुरेल सेवा समाजका अध्यक्ष सुवास सुरेलले बताउनु भयो ।

सुरेल संग्रालयको निर्माण गर्न गत आर्थिक वर्ष गौरिशंकर गाउँपालिकाले १५ लाख रकम विनियोजन गरेको थियो भने चालु वर्ष प्रदेश सरकारले २५ लाख रकम विनियोजन गरेको छ । करिव डेढ रोपनी जग्गामा निर्माण गर्न लागिएको संग्राहलय तत्काल चार कोठाको निर्माण गरिने र वरिपरी जाती संग सम्बन्धीत विभिन्न सामग्रीहरुको निर्माण गरिने अध्यक्ष सुवास सुरेलले बताउनु भयो । नेपालकै गौरिशंकर गाउँपालिकामा मात्र वसोवास रहेको सुरेल जातीहरुको संस्कती, रितीरिवाज भेषभुषा संरक्षण तथा जनचेतना अभिवृद्धिका लागि विभिन्न योजनाहरु गाउँपालिकाले ल्याएको गाउँपालिका अध्यक्ष स्वयं वहादुर खड्काले बताउनु भयो ।

संग्राहलयमा तत्काल सुरेल जातिका पुर्खाहरुले प्रायोग गरिएको सामग्री, सुरेल जातिको जन्म देखि मृत्यु संस्कार सम्म झलकने सामग्री, भेषभुषा लगाएतका सामग्री राखिने छ । भुमेचन उभौलीको मुख्य पुजा गर्ने यो जातिको जनसंख्या जम्मा २७१ जना मात्र रहेको छ । अल्पसंख्यक सिमान्तकृत समुदायका सुरेल जातिहरुलाई सरकारले प्रति व्यक्ति सामाजिक सुरक्षा भक्ता भन्दै मार्सिक दुइ हजारका दरले भक्ता समेत उपलव्ध गराउदै आएको छ ।