शनिवार वेलुका ६ देखि विहान ६ वजेसम्म लामोसाँगु जिरी सडक खण्ड ३ दिन बन्द

दर्पण संवाददाता
श्रावण १० चरिकोट
लामोसाँगु जिरी सडक खण्ड अन्र्तगत चरिकोट देखि खाडिचौर सम्म तिन दिन सवारीसाधन आवातजावत वन्द हुने भएको छ ।

शनिवार बेलुका ६ बजेको समय देखि विहान ६ बजेको समय सम्म तिन दिन सवारी साधन आवगमन बन्द गर्ने निर्णय गरेको छ । चरिकोट देखि खाडिचौर सम्म सडक विभिन्न ठाँउहरुमा विग्रेको र मर्मत गर्नका लागि रातीको समयमा सवारी साधन आवत जावतमा रोक लगाएको डिभिजन सडक कार्यालय दोलखाले जनाएको छ ।

ठेकेदारको बदमासीका कारण समयमै सडक निर्माण नहुँदा दोलखा र सिन्धुपाल्चोकका नागरिकहरु जोखिमपुर्ण तरिकाले कठिन यात्रा गर्न बाध्य भएका छन् । ५५ किमिको यात्रा पार गर्न कठिन तरिकाले १२ देखि २० घण्टासम्म स्काभेटर र डोजरले तानेर सडक पार गर्नुपर्ने बाध्यता रहेको यात्रुहरुले गुनासो गरेका छन् ।

वर्षाको समयमा सवारी साधन आवतजावत गर्नका लागि निकै समस्यम भएको र नागरीकहरुको चर्को विरोध र दवाव पछि निर्माण कम्पनी सडक सुधारका लागि काममा निस्किएको हो । धेरै विग्रेको ठाँउमा मर्मत गर्नका लागि ३ दिनको समय लाग्ने निर्माण कम्पनीले जनाएका कारण ३ दिनका लागि सवारी साधन आवातजावत बन्द गरिएको डिभिजन सडक कार्यलयले जनाएको छ ।