चरिकोट, १३ चैत: दोलखाका व्यवसायी दिनेश वस्नेतको नेतृत्वमा संकलन गरिएको रकम चरिकोटका अग्नी पिडित पदम श्रेष्ठलाई हस्ताणतरण गरिएको छ ।
चरिकोटमा संसार टेलर्स कपडा व्यवसाय संचालन गर्दै आएका श्रेष्ठको आगलागी बाट व्यवसायमा परेको क्षतीलाई सहयोग गर्ने उदेश्यले चरिकोटका ब्यवसायी वस्नेतको नेतृत्वमा संकलन गरिएको ७३ हजार रकम आज हस्ताण्तरण गरिएको हो । चरिकोट विचबजारमा रहेको संसार टेलर्समा आगलागीबाट क्षती पुगेको थियो ।
आगलागीबाट व्यवसायमा क्षती पुगेको र पुन व्यवसाय संचानको लागी थप सहयोग पुगोस भन्ने उदेश्यले व्यवसायीहरुबाट रकम संकलन गरि हस्ताणतरण गरिएको वस्नेतले बताउनुभयो ।