नेपाल पत्रकार महासंघ दोलखाको साधारण सभा सम्पन्न, दुई स्वास्थ्यकर्मी सम्मानीत

किष्मा थामी
चरीकोट, नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाको आज एघारौं साधरण सभा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दिपशंकर चौलागाईको अध्यक्षतामा दोलखाको सदरमुकाम चरिकोटमा महासंघको ११ औँ साधारण सभा सम्पन्न भएको हो ।

पत्रकार महासंघको साधारण सभा उदघाटन गर्नुहुँदै दोलखाका प्रतिनिधी सभा सदस्य सांसद गंगा कार्कीले पत्रकारहरु चौथो अंग भएको र आफु हालै सांसदमा निर्वाचित भएको हुँदा दोलखाको विकासको लागि जिल्लाका संचार क्षत्र संग सहकार्य गरी काम गर्ने बताउनुभयो । कालिन्चोक गाउँपालिकाका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीले पत्रकारहरु हरेक निकायलाई सुसुचित गराउने महत्वपुर्ण जिम्मेवर पेशा भएका हुँदा कोहि कसैको प्रभावमा नगरी निश्पक्ष रुपमा र सत्य तथ्य समाचार संप्रेशनको लागि आग्रह गर्नुभयो । कार्यक्रममा दोलखा जिल्ला प्रशासनबाट प्रवाह हुने सेवा राष्ट्रिय परिचय पत्र तथा पासर्पोटको विषयमा नागरिकहरुले गुनासो गरे पछि केहि समस्या रहेको र आगामी दिनमा सेवाग्राहीलाई टाइम कार्ड लागु गरिने उहाँले बताउनु भयो ।

साधरण सभामा जिल्ला समन्वय समिति दोलखा प्रमुख बर्जुराम घतानी, प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवि मास्के, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रमेश खतिवडा, नेपाल पत्रकार महासंघ दोलखा शाखाका पर्वअध्यक्ष जिवन लामा, पत्रकार महासंघ बागमती प्रदेश कमिटी सदस श्याम खतिवडा, कानुन ब्यवसायी कृष्ण बस्नेत , जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चैलागाइ, प्रेस चौतारी नेपाल दोलखाका अध्यक्ष प्रभु जिरेल र नेपाल पत्रकार महासंघ दोलखा शाखाका उपाध्यक्ष श्रृजनकुमार घिमिरे लगाएतले मन्तव्य व्यक्त गर्नुभयको थियो ।
माघ ६ गते दोलखाको पर्याटकीय नगरी जिरीमा आयोजना हुन लागि रहेको नेपाल पत्रकार महासंघ वाग्मती प्रदेश कमिटीको साधारण सभा भव्य रुपमा सम्पन्न गर्नका लागि जिल्लाका सम्पुर्ण आग्रह गरेको छ । जिल्लाको पर्यटकीय नगरी जिरीमा माघ ६ र ७ गते वागमती प्रदेश कमिटीको साधारण सभा हुने भएको छ । १३ जिल्लाका पत्रकारहरुको सहभागिता रहेको उक्त साधारणसभा वाग्मती प्रदेश सरकारका मुख्य मन्त्री सालिग्राम जमलक्टेलले उद्धघाटन गर्नुहुने भएको छ ।

दुई स्वास्थ्यकर्मी सम्मानीत
नेपाल पत्रकार महासंघ दोलखा शाखाले साधारण सभाको अवसरमा जिल्लाका दुई स्वास्थ्य कर्मीलाई सम्मान गरेको छ । सम्मानीत हुनेहरुमा पशुपती चौलागाई स्मृती अस्पतालमा कार्यारत प्रतिमा भटराई र उर्मीला चौलागाई रहेका छन् । कोभिडको समयमा अस्पतालमा रहि गर्नुभएको योग्दानको मुल्याङकन गर्दै स्वास्थ्यकर्मीलाई सम्मान गरिएको पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशंकर चौलागाईले बताउनुभयो ।