जिरी नगरपालिकाले जित्यो जिल्ला स्तरिय राष्ट्रपती रनिङ सिल्डको उपाधी

कुमार जिरेल
जिरी, १२ बैशाख ः जिल्ला खेलकुद विकास समिति दोलखाले आयोजना गरेको जिल्ला स्तरीय आठौ राष्ट्रपती रनिङ सिल्ड प्रतियोगितामा जिरी नगरपालिका प्रथम भएको छ ।

पर्यटकीय नगरी जिरीको खेल मैदानमा आयोजना गरिएको रनिङ सिल्ड प्रतियोगितामा ९ ओटा स्वर्ण ५ रजत २ कास्य पदक प्राप्त गर्दै जिरी नगरपालिका प्रथम भएको हो । यस्तै ४ स्वर्ण, ४ रजत र ४ कास्य पदक प्राप्त गर्दै भिमेशवर नगरपालिका द्धितिय र ४ स्वर्ण, १ रजत र २ कास्य पदक प्राप्त गर्दै तामाकोशी गाउँपालिका तृतिय भएको छ । जिरी माविको खेल मैदानमा जिल्ला खेलकुल विकास समिति दोलखाले बैशाख १० गतेबाट आयोजना गरेको राष्ट्रपती रनिङ सिल्डमा विगु गाउँपालिका, गौरिशंकर गाउँपालिका र मेलुङ गाउँपालिकाले एक एक स्वर्ण पदक हात पारेको छ ।


प्रतियोगितामा प्रथम हुने समुहलाई नगद २५ हजार सिल्ड मेडल र प्रमाणपत्र, द्धितिय हुने समुहलाई नगद १५ हजार शिल्ड मेडल र प्रमाणपत्र, तेस्रो हुने समुहलाई नगद १० हजार शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । खेलकुदको क्षत्रमा महत्वपुर्ण मानिने रनिङ सिल्ड प्रतियोगिामा दोलखा जिल्लाका नौँ स्थानिय तह मध्ये आठ ओटा स्थानिय तहका खेलाडीहरुले सहभागीता जनाएका थिए भने शैलुङ गाउँपालिकाले सहभागिता जनाएको थिएन

खेलका विजयी प्रतियोगितहरुलाई संघिय सांसद शान्तीमाया पाख्रिनले पुरस्कार वितरण गर्नु भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका सदस्य तथा समाज सेवी विदुर शर्माले स्वर्गीय वुवा हरिशंकर उपाध्याय अक्षकोषबाट पुरस्कार वितरण गर्नुका साथै जिरी माविका २० जना विधार्थीहरुलाई शैक्षिक सामग्री झोला, खेलकुलका समाग्रीहरु हस्ताणतरण गर्नु भएको थियो ।