
अखिल नेपाल महिला संघ जिरी नगरकमिटीको अध्यक्षमा सुन्तली सुनुवार चयन हुनुभएको छ । दोलखाको जिरीमा आज भएको
नेकपा एमाले निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ जिरी नगरको कमिटिको जिरीबजारमा आज भएको तेस्रो सम्मेलनले सुन्तली सुनुवार अध्यक्षमा चयन हुनुभएको हो ।
त्यस्तै नगर कमिटीको उपाध्यक्षमा आशा जिरेल, सचिवमा रश्मीला राई जिरेल, सहसचिवमा नमिता केसी सहित ४१ सदस्यीय कमिटी गठन गरेको छ । सम्मेलनले सिर्जना जिरेलको संयोजकत्वमा आर्थिक विभाग समेत गठन गरेको छ ।
दोलखाको जिरी बजारमा अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य तथा दोलखा इन्चार्ज सारदा राणको प्रमुख आतिथ्यतामा तेस्रो सम्मेलन सम्पन्न भएको हो । कार्यक्रममा नेकपा एमाले जिरी नगरकमिटी अध्यक्ष केशव कुमार कार्की, नेकपा एमाले जिल्ला कमिटी सदस्य कृष्णमाया बुढाथोकी, मनमाया जिरेल, शर्मिला राई लागएतको सहभागीता रहेको थियो ।
