सामाजिक काममा सक्रिय बन्दै युवा

दर्पण संवाददाता
चरिकोट, २३ भाद्र, चरिकोट बजारको सरसफाई गर्न चरिकोटका युवाहरु सक्रिय भएका छन् । युवाहरु सनिवार विहान मुखमा माक्स लगाएर हात हातमा कुचो बोकेर चरिकोट बजारमा निस्किए र सडक सफा गर्न थाले ।

पर्यटकिय नगर भिमेश्वरको मुहारको रुपमा रहेको चरिकोटमा बजार फोहोर मैला बढेको भन्दै युवाहरु सरसफाइमा निस्किएका हुन् । “हाम्रो संस्कृती हाम्रो पहिचान, सुन्दर चरिकोट हाम्रो अभियान” भन्ने मुल नाराका साथ बजारको सरसफाईमा युवाहरु लागेका हुन् । बजार सफा राख्नको लागि सधै नगरपालिकाको मात्र भर नपरी आफ्नो वजार आफै सफा गरौँ भन्ने सन्देश दिनको लागि पनि यो अभियान संचालन गरिएको अभियानका एक अभियान कर्मी विष्णु गुरुङले बताए ।

भिमेश्वर नगरपालिकाले बजार सरसफाइलाई निरन्तरता दिदैँ आएकोमा हाल सो कार्य रोकिएको भएता पनि सरसफाइ अभियानलाई नगरपालिकाले निरन्तरता दिने वडा न ६ का वडा अध्यक्ष नविन लामाले बताए ।

दोलखा डान्स कृयूु, द स्टार फेशन शप, द जोकिङ रुम रिलोडेड भीनपा टोल सुधार समितिको आयोजनामा भएको कार्यक्रममा भीमेश्वर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष हरिशरण शिवाकोटी, ६ का वडा अध्यक्ष नविन लामा, रण भिम गण चरिकोटका सेना, जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी जवान, अल्पाईन, राइजिङ, त्रिपुरा, एन सि सि का विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागिहरुले पशुपति डाँडा र चरिघ्याङबाट सातदोबाटो चोक सम्म झाडु लगाई सररफाई गरेका थिए ।

सरसफाई कार्यक्रम प्रत्येक महिनाको अन्तिम शनिवार चरिकोटका विभिन्न स्थलहरुमा सरसफाई गर्ने तयारी भई रहेको आयोजकले जनाएको छ ।