नेकपा एमाले दोलखाको दशौँ जिल्ला अधिवेशन आगामी माघ १९ गते बाट चरिकोटमा हुने

नेकपा एमाले दोलखाले दशौँ जिल्ला अधिवेशनको मिती तोकेको छ । नेकपा एमाले दोलखाको दशाँै जिल्ला अधिवेशन आयोजक कमिटीको वैठकले अधिवेशन आगामी माघ १९, २० र २१ गते चरिकोटमा भव्य रुपमा गर्ने निर्णय गरेको हो ।

प्रेस चौतारी नेपाल दोलखाले चरिकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा वैठकले गरेको निर्णयहरु सार्वजनिक गर्नुहुँदै नेकपा एमाले दोलखाका संयोजक नर बहादुर श्रेष्ठले आगामी माग १९ गते देखि दशौँ जिल्ला अधिवेशन गर्ने निर्णय भएको जानकारी दिनु भयो । पार्टीको दशौ जिल्ला अधिवेशन आयोजक कमिटीको पुष १६ र १७ गते चरिकोटमा तेस्रो पुर्ण वैठक वसेको थियो । वैठकले अभिवेशन भव्य रुपमा सम्पन्न गर्नका लागि ५०१ जनाको अभिवेशन मुल व्यवस्थापन समिती सहित विभिन्न समितीहरुको गठन गरेको छ ।

पार्टीका सह संयोजक राजेन्द्र मानन्धरको संयोजकत्वमा सात सदस्यीय प्रतिनिधी व्यवस्थापन समिती, मुरारीराज शिवाकोटीको संयोजकत्वमा आर्थिक समिती गठन गरेको छ । त्यस्तै प्रतिवेदन लेखन समितीको संयोजकमा नर बहादुर श्रेष्ठ, जनपरिचालन तथा यातयात व्यवस्थापन समितीको संयोजकमा हिरा कुमार थोकर, ¥याली व्यवस्थापन समितीको संयोजकमा सुन्दर कार्की, प्रचार प्रसार समितीको संयोजकमा प्रभु जिरेल, खाद्य व्यवस्थापन समितीको संयोजकमा हरी वली, संवमसेवक परिचालन समितीको संयोजकमा शक्ति पाठक रहनु भएको छ ।

नेकपा एमाले दोलखाले प्रतिनिधी तल्लो कमिटी वडा तहबाटनै चुनिएर आउनुपर्ने व्यवस्था गरेको छ । प्रतिनिधि छनौटका लागि माघ ९ देखि १३ गतेसम्मको अवधि तोकिएको छ । १५ जना पार्टी सदस्य बराबर १ जना र दलित तर्फ १० जना बराबर १ जना प्रतिनिधिले अधिवेशनमा सहभागि हुन पाउने व्यवस्था गरिएको छ । अन्यको हकमा प्रत्येक वडामा निर्वाचन अधिकृत तोकिने र दलितको हकमा पालिकामा तोकिने व्यवस्था गरिएको पार्टी अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा सम्वोधन गर्नुहुँदै अध्यक्ष श्रेष्ठले आयोजक कमिटीमा रहेका सदस्यहरु पनि तल्लो तहबाटै प्रतिनिधी वनेर आउनुपर्ने र चुनिएर आएका प्रतिनिधी, जनर्वर्गीय संगठन, सल्लाहकार परिषद, मनोनित गरी करिव ७ सय प्रतिनिधीहरु चयन हुने बताउनु भयो ।