आपतकालीन पुर्वतयारी तथा प्रतिकार्य योजना निर्माणका लागि परामर्श कार्यशाला सम्पन्न

दर्पण संवाददाता
चरिकोट साउन १६
भीमेश्वर नगरपालिकाले निर्माण गर्न लागेको आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माणका लागि सरोकारवाला निकाय विच छलफलका लागि आयोजना गरिएको परामर्श कार्यशाला दोलखा सदरमुकाम चरिकोटमा आज सम्पन्न भएको छ ।

यूरोपेली आयोगको मानवीय सहायता विभागको आर्थिक सहयोग तथा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम नेपालसँगको साझेदारीमा हुराडेक नेपाल दोलखाले सञ्चालन गर्दै आएको नेपालको बहुप्रकोप जोखिमयुक्त शहरी क्षेत्रमा विपद् जोखिम न्युनिकरण गरी आपतकालीन प्रतिकार्य क्षमता अभिवृद्धि कार्यक्रमको सहजीकरणमा भीमेश्वर नगरपालिकाले आयोजना गरेको कार्यशालामा ३५ जनाको सहभागिता रहेको छ ।

सहजकर्ता दीपक सुवेदीले सहजीकरण गर्नु भएको कार्यशालामा भीमेश्वर नगरपालिकाका विभिन्न वडाका अध्यक्ष, जिल्लामा क्रियासिल सामाजिक संघ संस्थाका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, सुरक्षा निकाय लगायतका सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यशालागोष्ठिको समापन समारोहलाई सम्बोधन गर्नु हुँदै जिल्ला समन्वय समितिकाप्रमुख डबल पाण्डेले देशभरका स्थानीयतहमध्य दोलखाको भीमेश्वर नगरपालिकाले पहिलो पटक प्रतिकार्य योजना निर्माण गर्न लागेको भन्दै प्रतिकार्य योजनानिर्माण गरी यसलाई समुदाय स्तरबाटै कार्यन्वयन गर्न आग्रह गर्नु भयो । कार्यक्रममलाई सम्बोधन गर्नु हुँदै भीेमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानवबहादुर खड्काले प्रतिकार्य योजना पछि भीमेश्वर नगरपालिकाले एकद्धार प्रणाली मार्फत विपद् जोखिम न्युनिकरण र प्रतिकार्यका गतिविधि सञ्चालन हुने बताउँनु भयो ।