दर्पण संवाददाता
चरिकोट साउन १६
चरिकोट बजारमा सातदोबाटोमा आज मास्क बितरण गरेको छ । जिल्ला बिपद व्यवस्थापन समितीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा को नेतृत्व मा ५०० मास्क बितरण गरेको हो । कोरोना भाइरस बढ्दै गइ रहेको अबस्थामा रोकथाम तथा नियन्त्रण गर्नका लागि मास्क लगाउन नागरिक हरुलाइ जनचेतना जागरुक गराउन मास्क बितरण गरेको प्रमुख जिल्ला अधिकारी शर्मा ले बताउनु भयो । घर बाहिर निस्किदा कोरोना बाट सुरक्षीत रहनका लागि अनिवार्य मास्क लगाउन सन्देश दिने उदेश्यले चरिकोट बजारमा मास्क बितरण गरेको जिल्ला समन्वय समिती दोलखाको प्रमुख डबल पाण्डेले बताउनु भयो । बजारमा मास्क न लगाइ हिडडुल गर्ने नागरिक हरुलाइ ५०० थान मास्क बितरण गरेको हो ।
जिल्ला प्रशासन कार्यालय दोलखाले सबैलाई मास्क अनिवार्य प्रयोग गर्न आग्रह गरेको छ । कोरोना भाइरसको जोखिम बढदै गएको बेला जोखिम कम गर्ने उपाएहरु अपनाइ सचेत रहनका लागि प्रमुख जिल्ला अधिकारी शर्माले आग्रह गर्नु भयो। बिना काम मास्क नलगाई बजार हिड्नेलाइ कर्वाही गरिने जनाएको छ ।