दोलखा चरिकोट अस्पतालमा नै अक्सिजन प्लान्ट राखिदै

चरीकोट, १ जेठ

कोरोना भाइसरका कारण विरामीहरुको संख्या वृद्धि संगै अक्सिजनको अभाव हुँदै गई रहेको वेला जिल्ला संकट व्यवस्थापन केन्द्रले जिल्लामा नै अक्सिजन प्लान्ट राख्ने निर्णय गरेको छ ।

दोलखामा आज बसेको जिल्ला संकट व्यवस्थापन समितीको बैठकले दोलखा जिल्लामानै तत्काल अक्सिजन प्लान्ट राख्ने निर्णय गरेको तामाकोशी गाउँपालिकाका अध्यक्ष इश्वर चन्द्र पोखरेलले बताउनु भयो । भिमेश्वर नगरपालिकामा रहेको चरिकोट अस्पतालमा अक्सिजन प्लानट राख्ने सहमती भएको छिटो र छोटो प्रकृयाबाट आवश्यक काम अघि वढाउन अस्पताललाई निर्देशन दिएको उहाँले बताउनु भयो । अक्सिजन प्लान्ट जडान गर्नका लागि दोलखामा रहेको दुई नगरपालिका र सात गाउँपालिका गरी नौ स्थानिय तहले १२ लाखका दरले लगानी गर्ने बताउनु भयो । कोभिडका कारण अक्सिजनको अभाव भई रहेको र अक्सिजनका अभावकै कारण कसैले पनि ज्यान गुमाउनु नपरोस भन्ने उदेश्यले अक्सिजन प्लान्ट राख्नको लागि प्रकृया सुरु गरेको पोखरलेले बताउनु भयो ।

देशभर विभिन्न अस्पतालहरुमा अक्जिनको अभावका कारण विरामीहरको ज्यान जान थालेको छ । दोलखामा हाल दैनिक ४५० लिटर अक्सिन खपत हुँदै आएको छ । संक्रमिको संख्या दैनिक वढदै गएको र आगमी दिनमा संकट आउन सक्ने हुँदा त्यसको व्यवस्थापनका लागि अक्सिजन प्लान्ट राख्न लागिएको हो । दोलखामा अक्सिजन प्लान्ट राखेर अक्सिजन उत्पादन गर्न सके दोलखा सिन्धुपाल्चोक, रामेछाप लगाएतका जिल्लाहरुलाई समेत सहज हुने अनुमान गरिएको छ । चरिकोट अस्पताललाई दोलखाको सवै स्थानिय तहको सहकार्यमा कोभिड अस्पताल वनाई जिल्ला भरका कोभिडका विरामीहरुको उपचार भई रहेको छ । जिल्ला संकट व्यवस्थापन समितिले जिल्लाको सिंगटीमा रहेका सिंगटी अस्पताललाई थप कोरोना विरामीको उपचारका लागि कोभिड अस्पताल वनाउने निर्णय गरेको छ । चरिकोट अस्पतालमा केहि दिन आघि मात्र पिसिआर परिक्षणको लागि प्रयोगशाला संचालनमा आएको छ । दोलखाका प्रत्येक्ष निर्वाचित तिन सासंदको पुर्वधार विकास कार्यक्रम वाट १ करोड ५० लाखमा प्रयोगशाला संचालनमा आएको हो ।