OLYMPIC Day 2022 को अवसरमा मैत्रिपुर्ण फुटसल प्रतियोगिता, नेपाल प्रहरीको जित

चरिकोट,   जिल्ला प्रहरी कार्यालय दोलखाको आयोजनामा ओलम्पिक डे २०२२ को अवसरमा चरिकोटमा मैत्रीपुर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

ओलम्पिक डे को अवसरमा चरिकोटमा जिल्ला प्रहरी कार्यालयको टिम र चरिकोट स्थित चरिकोट गेमिङ टिमको विचमा मैत्रिपुर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको हो । मैत्रीपुर्ण फुटसल प्रतियोगितामा प्रहरीको टोलिले ८ गोल गरेको थियो भने चरिकोट गेमिङ टिमले ७ गोल गरेको थियो । चरिकोट स्थित रोयल मकैवारी फुटसलहलमा आयोजना भएको प्रतियोगिताको प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले उदघाटन गर्नु भएको थियो । प्रतियोगितामा सहभागी खेलाडी टिम सहयोगीहरुलाई दोलखाका प्रहरी नायव उपरिक्षक गंगा प्रसाद पौडेलले प्रमाणपत्र वितरण गर्नु भएको थियो । कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै प्रहरी प्रमुख पौडेलले मैत्रीपुर्ण खेलले प्रहरी र खेलाडीहरुको विचमा सम्वन्ध मजबुत हुनुका साथै आम नागरिकहरुको साथमा नेपाल प्रहरी रहेको बताउनु भयो ।