नेपाल खेलकुद महासंघ दोलखाद्धारा बजार सरसफाई, वालगृहमा खाद्यान्न सहयोग

नेपाल खेलकुद महासंघ जिल्ला शाखा दोलखाद्वारा चरिकोट बजार सरसफाई गरेको छ । नेपाल खेलकुद महासंघ दोलखाको…

माननिय भरत बहादुर केसीको आयोजनामा प्रदेश योजना समिक्षा तथा योजना तर्जुमा परामर्श सम्पन्न

दोलखा प्रदेश सभा सदस्य माननिय भरत बहादुर केसीले दोलखा जिल्लामा संचालित कार्यलयहरुले वागमती प्रदेश अन्र्तगत संचालन…

भुमी अधिकार तथा श्रमिक संगठन नेपाल दोलखाको अधिबेसन सम्पन्न , अध्यक्षमा शुक्रराज थोकर

नेकपा एमाले निकट भुमी अधिकार तथा श्रमिक संगठन नेपाल दोलखाको प्रथम अधिबेसन आज सम्पन्न भएको छ…

एमाले गौरिशंकर गाउँपालिकाको अधिवेशन सम्पन्न, अध्यक्षमा मिंगुर शेर्पा चयन

नेकपा एमाले गौरिशंकर गाउँपालिका कमिटीको दोस्रो गाउँपालिका अधिवेशन गैरिशंकर गाउँपालिका गुरुम्फी बजारमा सम्पन्न भएको छ ।

नेकपा एमाले गौरिशंकर गाउँपालिका कमिटीको अधिवेशन आयोजक कमिटीका संयोजक मिंगुर शेर्पाको अध्यक्षतामा भएको दोस्रो पालिका अधिवेशनको नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा पुर्व मन्त्री पार्वत गुरुङले कार्यक्रमको उदघाटन गर्नुभएको थियो । गुरुम्फी बजारमा आयोजना गरिएको दोस्रो अधिवेशनमा प्रत्येक वडाहरुबाट छनोट भएका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । दोस्रो अधिवेशन कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै पुर्व मन्त्री गुरुङले नेकपा एमाले नागरिकहरुको सुख दुखको पार्टी भएको र सक्ता हुँदा पनि र नुहँुँदा पनि पार्टी साथमा रहने बताउनु भयो । गौरिशंकर गाउँपालिकाको विकास नेकपा एमाले विना सम्भव नभएको बताउनुहुँदै हाल सम्म भएको विकास पनि नेकपा एमालेले नै गरेको र आगमी दिनमा पनि पालिकाको समग्र विकास नेकपा एमालेले नै गर्ने उहाँले दावी गर्नु भयो । जिल्लाको कतिपय स्थानीय तह हरुमा नेकपा एमाले नागरिकहरुको मनमा हुँदा हुँदै पनि प्रविधीक कारणले पराजय भएको र आगामी निर्वाचनमा नेकपा एमालेले मिसन ८४ अभियान संचालन गरी रहेको हुँदा उक्त निर्वाचनमा नेकपा एमालेले दुई तिहाई मत त्याउने गरी आम नागरिहरुमाझ पुग्न जिल्ला तथा स्थानीय नेता कार्यकताहरुलाई उहाँले निर्देशन दिनुभयो ।


गौरिशंकर गाउँपालिकामा केन्द्रिय तह सम्म नेतृत्व गर्ने नेताहरु रहेको र पालिकामा हालको स्थानिय सरकार नागरिकको सरोकार प्रति उदासीन देखिएकोले सवै कार्यकर्ताहरु दिगो विकास र सुसासनको लागि लाग्नु पर्ने नेकपा एमालेका केन्द्रीय सदस्य तथा दोलखा क्षत्र नम्वर १ का पार्टी इन्चार्ज सुरस्वती वस्तेतले बताउनु भयो । कार्यक्रममा, प्रदेश कमिटी सदस्य बालकृष्ण शिवाकोटी, युवा संघका उपाध्यक्ष महाराज गुरुङ, डिल्ली वराईले, पार्टी सचिव स्वयम बहादुर खड्का, उप सचिव हरी वली, प्रदेश कमिटी सदस्य उर्मिला थार्मी, केन्दीय सम्पर्क समन्वय कमिटीका संयोजक श्याम वस्नेत लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । अधिवेशनमा पालिका भित्रबाट सवै वडाहरुकाट संगठित सदस्यताको आधारमा प्रतिनिधी छनोट भई आएको पालिका इन्चार्ज जंग गुरुङले बताउनुभयो ।


मिंगुर शेर्पाको अध्यक्षतामा नयाँ कमिटी
दोस्रो अधिवेशनले मिंगुर शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ । कमिटीको उपाध्यक्षमा देवराम बुढाथोकी, सचिवमा असोक तामाङ, उपसचिवमा चन्द्र बुढाथोकी र याङटी शेर्पा चयन हुनुभएको छ । अधिवेशनले पाँच बुदे समसामयीक प्रस्ताव पास गर्दै ४७ सदस्यीय कमिटी गठन गरेको हो ।

 

नेकपा एमाले कालिन्चोक गाउँपालिकाको अधिवेशन सम्पन्न, अध्यक्षमा निशान बुढाथोकी

नेकपा एमाले कालिन्चोक गाउँपालिका कमिटीको दोस्रो गाउँपालिका अधिवेशन सम्पन्न भएको छ । कालिन्चोक गाउँपालिकाको सुनखानीमा आज…

नेकपा एमाले मेलुङको दोस्रो अधिवेशन सम्पन्न, गोलेको अध्यक्षतामा नयाँ नेतृत्व चयन

नेकपा एमाले मेलुङ गाउँपालिका कमिटीको दोस्रो पालिका अधिवशेन सम्पन्न भएको छ ।\ नेकपा एमाले पालिका कमिटी…

जन्ती बोकेको बस दुर्घटनामा निधन भएका परिवारलाई खड्काको आर्थिक सहयोग

वैशाख ७ गते विहान दोलखाबाट जन्ती लिएर सिन्धुपाल्चोक जाँदै गरेको वस दुर्घटनामा परि मृत्यु भएका परिवारहरुलाई…

दोलखा काठमाण्डौ सम्पर्क मन्चको कोषाध्यक्षमा संजीव थापाको उम्मेदवारी

नेकपा एमाले दोलखाका काठमाण्डौ सम्पर्क मञ्चको कोषाध्यक्ष पदमा युवा नेता संजीव थापाले उम्मेदवारी दिनुभएको छ ।…

नेकपा एमाले दोलखाको पहिलो पुर्ण वैठक सम्पन्न : २५ सदस्यीय सचिवालय गठन सहित विभिन्न जिम्मेवारी वाँडफाँड

नेकपा एमाले दोलखाको पहिलो पुर्ण वैठक एमाले पार्टी कार्यलय चरीकोटमा सम्पन्न भएको छ । नेकपा एमाले…

नेकपा एमाले दोलखाको पहिलो पुर्ण वैठक सम्पन्न : २५ सदस्यीय सचिवालय गठन सहित विभिन्न जिम्मेवारी वाँडफाँड

नेकपा एमाले दोलखाको पहिलो पुर्ण वैठक एमाले पार्टी कार्यलय चरीकोटमा सम्पन्न भएको छ । नेकपा एमाले…