मदन भण्डारी फाउण्डेशन दोलखामा नयाँ कार्यसमिती, अध्यक्षमा गोपाल न्यौपाने

दर्पण संवाददाता
असोज ८, चरिकोट– मदन भण्डारी फाउन्डेशन दोलखाको पहिलो अधिवेशनले गोपाल न्यौपानेका अध्यक्षता ५९ सदस्यीय नयाँ इकाइ गठन भएको छ ।

अधिवेशनले इकाइको उपाध्यक्षमा बावुकाजी कार्की, सचिबमा रोहित चन्द्र खडका, सहसचिब पुस्कर अधिकारी कोषाध्यक्षमा कमला बस्नेत चयन भएका छन । सदस्यमा हिरा थोकर, कालिका पाठक, ठुला थामी, भुवन के।सी, धुव्र आर्चाय, कोसिशमणी न्यौपाने, मेनुका सुवेदी, भरत ढुङगेल, रमेश लामा, सोम बम्जम, चम्पा लामा, कुमार गुरुङ, लाल बहादुर खडका, केसव चौलागाई, दिपक कुमार लामा, बाबुलाल लामा, गोमा के।सी, शंकरलाल श्रेष्ठ, राम बहादुर श्रेष्ठ, अमर खडका, कृष्ण कार्की, मानध्वज लामा, रहेका छन । त्यसैगरी स्टालिन श्रेष्ठ, सुवास रिमाल, संन्जीव ओली, बलराम श्रेष्ठ, रुपा शाही, सविना श्रेष्ठ, राजु आचार्य, सून्दर कार्की , मिङमा शेर्पा , थिर बहादुर मोक्तान, बिक्रम कार्की, अम्बिका गोले, मित्र जिरेल, नारायण बुढाथोकी, रुकमणी शिबाकोटी , इस्वर थापा, कृष्ण बहादुरु कार्की, शंख निमाशेर्पा, शान्त नेपाली, नविन नेपाली, हरी ओली, सुर्य चौलागाई, सन्जु राई, गोविन्द सापकोटा, शुक्रराज थोकर, गणेश आले, गायत्री आचार्य, पार्वती थापा, जानुका न्यौपाने र ईस्वर कोइराला रहेका छन ।

कार्यक्रमको उद्घाटन गर्नु हुँदै नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य एवं प्रदेश तीनका सचिव आनन्दप्रसाद पोखरेलले पार्टीको तल्ला कमिटीहरुको गठन प्रक्रिया अगाडि बढाउन आफुले आफ्नो ठाँउबाट प्रयत्न गर्ने बताउनु भएको छ ।
मदन भण्डारी फाउण्डेशन इकाई दोलखाको प्रथम जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा पार्टीको तीन नम्बर प्रदेश सचिव पोखरेलले सामाजिक संघ संस्था तथा पार्टीको भातृ संगठनहरुले पारदर्शी ढङ्गले सामाजिक अभियानलाई अगाडि बढाउनु पर्ने बताउनु भयो ।