फागनु १७ पवटी ः नेकपा एमाले दोलखाका जिल्ला कमिटी सदस्य स्व. कपिलमणी न्यौपनेको निधन भएको १३ औँ दिनको पुन्य तिथीमा पवटीमा आज श्रदाञ्जली सभा सम्पन्न भएको छ ।
एमाले नेता स्व. कपिलमणी न्यौपनेको निधन भएको १३ आँै दिनको पुन्य तिथीको अवसरमा नेकपा एमाले मेलुङ वडा नम्वर १ पवटी वडा कमिटीले आज पवटी स्थीत रमाईलो चोकमा श्रदाञ्जली सभाको आयोजना गरेको छ । २०३० सात चैत्र १२ गते जन्मनुभएका न्यौपानेको २०८० फागुन ५ गते निधन भएको छ । लामो समय देखि स्थानिय स्तरमानै रहि वडामा महत्वपुर्ण योगदान गनुृभएको न्यौपाने नेकपा एमाले दोलखाको गत माघ मा सम्पन्न १० औँ जिल्ला अधिवेशनबाट जिल्ला कमिटीमा निर्वाचित हुनुभएको थियो ।
पवटीमा आज आयोजित श्रदाञ्जली सभामा एमाले नेता कार्यकता तथा स्थानीयहरुले तस्वीरमा माल्याअर्पण गर्दै श्रदाञ्जली अर्पण गरेका छन् । श्रदाञ्जली सभामा वोल्नुहुँदै नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा पुर्व मन्त्री पार्वत गुरुङले न्यौपानेको निधनले पवटीलाई मात्र नभई सिंगो नेकपा एमालेलाई अपुरणीय क्षति भएको स्मरण गर्र्नु हुँदै न्यौपाने मरेर गए पनि मर्नका लागि वाध्य बनाउने जो कोहिलाई जहाँ भए पनि नछाडिने बताउनु भयो । नेता गुरुङले आजै मृतकका आफन्तलाई समेत भेटघाट गरी समवदेना प्रकट गर्नु भएको छ । सभामा एमाले दोलखाका जिल्ला कमिटी अध्यक्ष नर बहादुर श्रेष्ठले न्यौपाने निधनको विषयमा प्रशासनले निश्पक्ष छानविन गर्नु पर्ने र त्यसको लागि नेकपा एमालेले सहयोग गर्ने बताउनुहुँदै शक्ति र सक्ताको आडमा छानविन प्रभावित पार्न खोजेमा त्यसको प्रतिकार गरिने बताउनु भयो ।
सभामा पवटीका स्थानीय तथा जिल्ला स्थित नेता कार्यकता सयौँको संख्यामा वाक्लो उपस्थिती रहेको थियो । उपस्थित सहभागीहरुले तस्विरमा माल्याअर्पण गरेका थिए । सभामा नेकपा एमालेका नेता पोलिटव्युरो सदस्य पार्वत गुरुङ, एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठ, बागमती प्रदेश कमिटी सदस्य धमेन्द्र मोक्तान, गाउँपालिका अध्यक्ष हिरा थोकर, वडा अध्यक्ष इश्वर कोइराला लगाएतले सम्वोधन गर्नु भएको थियो । सभामा जिल्ला स्तरीय नेताहरु पार्टी सचिव स्वयम बहादुर खड्का, जिल्ला कमिटी सदस्य वासु श्रेष्ठ, एमाले नेता डवल पाण्डे, कृष्ण वस्नेत, विदुर शर्मा, लगाएतको सहभागिता रहेको थियो ।