अल्पसंख्यक जाति सुरेल समुदायसंग वागमती प्रदेश प्रमुखको अन्तरक्रिया


दोलखाको गौरिशंकर गाउँपालिका सुरीमा वसोवास गर्ने नेपालकै अल्पसंख्यक जाती सुरेल संग वागमती प्रदेशका प्रदेश प्रमुखले अन्तरक्रिया गर्नुभएको छ ।

गौरिशंकर गाउँपालिका दोलखाको आयोजनामा पालिकाको वडा नम्वर ५ सुरीमा एक कार्यक्रमका विच वागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सुरेल समुदाय संग अन्तरक्रिया गर्नुभएको हो । वागमती प्रदेशमा वसोवास गर्ने अल्पसंख्यक समुदायहरु संग प्रदेश प्रमुखको अन्र्तक्रिया कार्यक्रम अन्र्तगत वागमती प्रदेशका प्रदेश प्रमुख शर्माले सुरेल समुदाय संग अन्र्तक्रिया गर्नुभएको हो । पालिकाको वडा नम्वर ५ सुरीमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा नेपालकै अल्पसंख्यक सुरेल समुदायको सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा सुरेल समाजका अध्यक्ष सुवास सुरेलले समुदायको ऐतिहाँसीक, धार्मिक, तथा सांस्कृतीक विषय वस्तु र हालको अवस्थाको वारेमा जानकारी गराउनु भएको थियो । अल्पसंख्यक रुपमा रहेको सुरेल जातिहरुको उत्थानका लागि प्रदेशले विभिन्न सिपमुलक तथा रोजगारमुक कार्यक्रमहरु संचालन गर्नुपर्ने, सुरेलहरुका लागि छुटै आरक्षणको व्यवस्था गरिनुपर्ने जस्ता विषयहरु सुरेलहरुले प्रदेश प्रमुख समक्ष माग पेश गरेका थिए ।

कार्यक्रममा बोल्नुहुँदै प्रदेश प्रमुख यादवन्द्र शर्माले नेपाल बहुजातिय बुह धार्मिक बहु संस्कृतीक मुलुक रहेको र देशको विभिन्न भागमा वसोवास गर्ने आदिवासी जनजाती तथा अल्पसंख्यक समुदायहरु राष्ट्रको सम्पती भएको हुँदा उनिहरुको आर्थिक सामाजिक उत्थानको लागि विभिन्न कार्यक्रमहरु संचालनको लागि सकरात्मक रहेको बताउनु भयो । वागमती प्रदेशको विभिन्न ठाउँहरुमा वसोवास गर्ने अल्पसंख्यक समुदायहरु संग छलफल गरि रहेको र विभिन्न समुदायहरु संग सम्वन्धीत जिविकोपार्जनका कार्यक्रमहरु संचालन गरी रहेको समेत बताउनु भयो । अन्तरक्रिया कार्यक्रमका अध्यक्ष तथा गौरिशंकर गाउँपालिकाका पालिका प्रमुख विश्वस कार्कीले सुरेल जातिहरु संगको समन्वयमा उनिहरुको उत्थानको लागि काम गरि रहेको बताउनुभयो । सुरेल समुदायका बालबालिकाहरु आर्थिक अभावका कारण विचमानै पढाई छाडेर रोजगारीको लागि विभिन्न ठाउँमा गरेकोहुँदा उच्च शिक्षा सम्म अध्ययन गर्न सक्ने व्यवस्था मिलाउनु पर्ने उहाँले बताउनु भयो । कार्यक्रममा वागमती प्रदेशका प्रदेश प्रमुख, यादवचन्द्र शर्मा, राष्ट्रिय सभाका सदस्य घनश्याम रिजाल, जिल्ला समन्वय समिती प्रमुख, नेकपा एमाले गौरिशंकर गाउँपालिका अध्यक्ष जंग गुरुङ, संचारकर्मी, विभिन्न दलका राजनैतिक प्रतिनिधी स्थानीय समु्दायहरुको सहभागिता रहेको थियो ।

दोलखाको सुरीमा वसोवास गर्ने नेपालकै अल्पसंख्यक जाति सुरेल अत्यन्त न्युन संख्यामा रहेको छ । २०७८ को जनगणना अनुसार ३१८ जना सुरेलहरु रहेको तथ्याङक रहेको छ । नेपाल सरकारले सुरेलहरुलाई प्रति महिना ४ हजारका दरले भत्ता समेत उपलव्ध गराउँदै आएको छ ।