गौरिशंकर पहिरो अपडेट : बेपता भएका थप एक जना सहित दुईको शव फेला अझै दुई बेपत्ता

दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्वर ७ मार्वुको टोपाटारमा पहिरोमा पुरिएर बेपत्ता भएका थप एक जनाको शव फेला परेको छ ।
पहिरोमा परेर बेपत्ता भएका करीव ५० वर्षिय देवीमाया मागरको शव फेला परेको दोलखा प्रहरीले जनाएको छ । टोपाटारमा गय राती गएको पहिरोमा परी बेपत्ताभएकाहर मध्ये एक बालक र एक महिला गरी दुई जनाको शव फेला परि सकेको छ भने अझै दुई जना बेपत्ता रहेका छन् । हिजो दिउँसो देखि परेको अविरल वर्षाका कारण गय राती पहिरो जादा घर पुरीएर बेपत्ता भएका ४ जना मध्ये आज विहान १५ महिने बालक प्रिन्स थामीको शव फेला परेको थियो ।

पहिरोमा पुरिएर अझै दुई जना बेपत्ता रहेका छन । वेपत्ता भएका दुवै जनाको नेपाल प्रहरी नेपाली सेना स्थानीय लगाएको सहयोगमा खोजी कार्य भई रहेको दोलखा प्रहरी प्रमुख दिपक खड्काले जानकारी दिनुभयो । बेपत्ता हुने दुई जनामा गौरीशंकर गाउँपालिका वडा नम्वर ७ मार्वु टोपाटारका करीव ६० वर्षिय बहादुर कृष्ण मगर र करिव ४९ वर्षिय हरिलाल श्रेष्ठ रहेका छन ।
पहिरोमा परी घाईते भएका तिन जना मध्ये दुई जनालाई हेलिकप्टर मार्फत उद्धार गरी काठमाण्डौ लगिएको छ । घाइते हुनेहरुमा यज्ञ थामी, उनकी श्रीमती धनकुमारी थामी र बुहारी सिता थामी रहेका छन् । गम्भीर घाइते यज्ञ बहादुर थामी र धन कुमारी थामीलाई हेलिकप्टर मार्फत उद्धार गरी काढमाण्डौको केएमसी अस्पतालमा उपचार भई रहेको छ ।