
नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ दोलखाको अध्यक्षमा निमा मोक्तान चयन हुनुभएको छ । चरिकोटमा आज भएको अखिल नेपाल किासान महासंघको दोस्रो जिल्ला अधिवेशनले मोक्तानको अध्यक्षतामा २७ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।
अखिल नेपाल किसान महासंघ जिल्ला कमिटीको वरिष्ठ उपाध्यक्षमा कृष्ण बहादुर खड्का, उपाध्यक्षमा शान्त कुमार जिरेल, सचिवमा पुरुषोतम पाठक, उपसचिवमा प्रेम प्रसाद शिवाकोटी र मोहन प्रसाद दाहाल, कोषाध्यक्षमा लक्ष्मी थामी र सदस्यहरुमा ठाकुर प्रसाद रिमाल, ढिल्लीनाथ रिमाल, इश्वरी दाहाल, सिताराम खड्का, छिरिङ तामाङ लगाएत २७ जना सदस्य रहेका छन ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य आनन्द प्रसाद पोखरेलले कार्यक्रमलाई संवोधन गर्नुहुँदै जिल्लाका ग्रामिण बस्तिहरुमा हाल उत्पादन गर्ने जग्गा जमिनहरु बाझो अवस्थानै रहेकोले उत्पादनमा कमि हुने र कृषि उत्पादनमा आत्मनिर्भर वन्न नसक्दा समस्या हुने बताउनुभएको छ । धेरै युवाहरु पछिल्लो समय कृषि व्यवसाय भन्दा पनि वैदेशिक रोजगारीमा जानेको संख्या धेरै भएको र उत्पादनमा कमि आएको बताउनुभएको छ । नेकपा एमालेका अध्यक्ष नर बहादुर श्रेष्ठले उत्पादनहुने क्षत्रहरुमा माटो परिक्षण गरी सवै क्षत्रहरुमा समयअनुकुलको उत्पादनमा लाग्नुपर्ने र कृषि उत्पादनमा बृद्धि नगराए सम्म अर्थतन्त्र सम्पन्न नहुने बताउनुभयो ।

अधिवेशनको अवसरमा अखिल नेपाल किसान महासंघले जिल्लाका उत्कृष्ट किसानहरुलाई सम्मान गरेको छ । जिल्लाका उत्कृष्ट व्यवसायीको रुपमा व्यवसायीहरुमा नर बहादुर कार्की, शान्त कुमार जिरेल, पुरुषोतम पाठक, माधव न्यौपाने, रुद्रराज चौलागाई, धन बहादुर मोक्तान, मोहन दहाल लाई सम्मान गरेको हो । कार्यक्रममा नेकपा एमालेका पोलिटव्युरो सदस्य आनन्द पोखरेल, कमल प्रसाद चौलागाई, माननिय भरत केसी, केशव चौलागाई लगाएत नेता तथा कार्यकर्ताहरुको भव्य सहभागिता रहेको थियो ।
