अनेरास्ववियूको महाधिवेशन : दोलखाबाट पदाधिकारी सहित केन्द्रीय सदस्यहरुमा दावी

काठमाण्डौमा हुन लागिरहेको अनेरास्ववियूको २३ औँ महाधिवेशनमा नयाँ नेतृत्वको लागि दोलखाबाट अनेरास्ववियूमा नेतृत्व गर्ने नेताहरुले पदाधिकारी सहित विभिन्न पदहरुमा उम्मेदवरी दावी गर्दै आई रहेका छन् ।

करिव ७ वर्ष पछि अनेरास्ववियूले २३ औँ महाधिवेशन गर्न लागेको हो । अनेरास्ववियूले यहि फागुन २ गते देखि ४ गते सम्म काठमाण्डौमा महाधिवेशनको आयोजना गरेको छ । लामो समय पछि हुन लागेको महाधिवेशनमा नयाँ नेतृत्वको लागि धेरै आकांक्षिहरु देखिएको छ । निशुल्क शिक्षा स्वास्थ्य र पुर्ण रोजगार संवृद्ध नेपाल निर्माणको आधार गुणस्तरीय शिक्षा गतिशिल संगठन र स्ववियू निर्वाचन भन्ने मुल नाराका साथ २३ औँ महाधिवेशन हुन लागेको हो । महाधिवेशनबाट दुई वर्षका लागि १७ पदाधिकारी सहित १९९ केन्द्रिय कमिटीको चयन गर्ने छ । सकेसम्म नयाँ नेतृत्व सहमतीकै आधारमा चयन गराउने र नेतृत्वमा सहमती हुन नसकेमा स्वस्थ प्रतिस्पर्धा मार्फत विधुतिय मतदान मार्फत नयाँ नेतृत्वको चयन गरिने आयोजकले जनाएको छ ।

राजनैतिक पुष्टभूमी दोलखा जिल्ला रहि अनेरास्ववियूको विभिन्न तहमा रहि काम गर्दै आएका अनेरास्ववियुको नेताहरुले आगामी नयाँ नेतृत्वको लागि केन्दिय पदाधिकारी सहित केन्दिय सदस्यहरुमा उम्मेदवारी दावी गर्दै आएका छन् । अनेरास्वीयूमा नेतृत्व गर्ने उमेश आचार्य, सुर्दशन शिवाकोटी, रमेश श्रेष्ठ, शक्ति पाठक, राजकुमार ढुंगेल लगाएतका नेताहरुले विभिन्न पदहरुमा उम्मेदवारी दावी गर्दै आएका हुन् । हाल अनेरास्ववियूको उपाध्यक्ष रहनुभएका वैतेत्वर ६ नाम्दुका उमेश आचार्यको उपाध्यक्ष मा नै दोहोरीने वा महासचिव पदमा चर्चा चलेको छ । हाल उपमहासचिव रहनुभएका सर्दशन शिवाकोटी महासचिव पदमा दावी गर्दै आउनु भएको छ । यस अघिको कार्यकाल उपमहासचिव रहि अनेरास्ववियूमा नेतृत्व गरीसकेको र स्वभाविक रुपमा आफु महासचिवको उम्मेवदार रहेको शिवाकोटीले बताउनु भयो । महासचिव पदमा दोलखाली आचार्य र शिवाकोटीको दुवै जनाको चर्चा चले पनि निर्वाचनमा जाँदा त्यस्तो नहुने केन्दीय सदस्य राजकुमार ढुंगेलले बताउनु भयो ।
विधार्थी राजनीतिमा लामो समय देखि काम गर्दै आउनुभएका दोलखाको गौरिशंकर गाउँपालिका वडा नम्वर ८ स्थायी ठेगाना रहेको विधार्थी नेता रमेश श्रेष्ठले सचिव पदमा दावि गर्दै आउनु भएको छ । यस अघिको कार्यकालमा स्थाई कमिटी सदस्य रहनुभएका श्रेष्ठ सचिव पदमा चुनाव लडने तयारीमा रहनुभएको छ । त्यस्तै अनेरास्ववियूका पुर्व जिल्ला कमिटी अध्यक्ष विधार्थी नेता शक्ति पाठक स्थायी कमिटीमा चुनाव लड्ने तयारीमा रहनुभएको छ । सहमती भए सहमतीको आधारमा र नभएमा निर्वाचन मार्फत आगामी नेतृत्वकोे लागि स्थायी कमिटी सदस्य पदमा आफु निर्वाचन लडने शक्ति पाठकले बताउनुभयो । अनेरास्ववियू दोलखाका निर्वतमान अध्यक्ष राजकुमार ढुंगेल समेत केन्द्रीय सदस्य पदमा निर्वाचन लडने तयारीमा हुनुहुन्छ ।