सहिद क. बुद्धिमान पाख्रिनको जन्म भुमी ठुलोपातलमा पुगि सालिकमा माल्यअर्पण गर्दै नेकपा एमालेका तर्फबाट प्रदेश (क) का उम्मेदवार नर बहादुर श्रेष्ठले चुनावी प्रचार अभियान सुरु गर्नु भएको छ ।
नेकपा एमाले दोलखाले आजबाट सुरु गरेको चुनावी प्रचार प्रसार अभियान अन्तरगत प्रदेश (क) मा जिरिबाट सुरु गरेको अभियानमा ठुलोपातल पुगि सालिकमा माल्याअर्पण गर्नु भएको हो । माल्याअर्पण गर्नुहुदै उम्मेदवार श्रेष्ठले सहिद पाख्रिनको सपना पूरा गर्नको लागि आफ्नो उम्मेदवारी रहेको बताउनुहुदै सहिद बुद्धिमान पाख्रिनले गर्नु भएको योगदानको स्मरण गर्नु भएको थियो । एमालेले सुरु गरेको बिकासका योजना हरु पूरा गर्न र बुद्धिमानको सपना सहाकार पार्नका लागि आफू बिजयी हुनुपर्ने र तेस्का लागि एमालेलाइ मतदान गर्न आग्रह गर्नु भयो ।
जिरी नगरपालिकाको ठुलोपातलबाट अभियान सुरु गर्नु भएको श्रेष्ठले मतदाताहरु संग भेटघाट गर्नु भएको छ । मतदाताहरुले आफुहरु मतदानका लागि उत्साहित रहेको बताएका छ्न । सहिद बुद्धिमान पाख्रिनलाई नेकपा माओवादीले हत्या गरेका थिए ।