चरिकोट, आगामी मंसिर ४ गते हुन लागि रहेको संघिय तथा प्रदेशको निर्वाचनको लागि माथिल्लो कमिटिमा उम्मेदवारी सिफरिस गर्नको लागि नेकपा एमाले दोलखाको वैठक भाद्र १९ र २० गते चरिकोटमा सम्पन्न भएको छ । नेकपा एमाले दोलखाको जिल्ला कमिटीको वैठकले एमालेबाट निर्वाचनमा आकांक्षी उम्मेदवारहरुको नाम माथिल्लो कमिटिमा सिफारिस गरेको छ ।
एक मात्र संघिय निर्वाचन क्षत्र रहेको दोलखामा संघिय निर्वाचनकको लागि नेकपा एमालेले उम्मेदवारको लागि आकांक्षा व्यक्त गर्ने ८ जना नेताहरुको नाम माथिल्लो कमिटिलाई सिफासिर गरेको छ । जिल्लाबाट प्रत्यक्ष निर्वाचनको लागि सिफारिस हुने नेताहरुमा पार्वत गुरुङ, आनन्द पोखरेल, इश्वर चन्द्र पोखरेल, भरत प्रसाद दुलाल, रचना खड्का, शान्ती माया तामाङ पाख्रिन, श्याम कुमार वस्नेत र सरस्वती वस्नेत रहेका छन् । उम्मेदवार वन्न चाहने नेताहरुका लागि नाम दर्ता गराउन नेकपा एमाले दोलखाले खुल्ला आह्वान गराएको थियो । उम्मेदवार वन्नको लागि इच्छुक नेताहरुलाई नाम दर्ता गराउनका लागि खुल्ला गरिएको समयमा ८ जना नेताहरुले प्रत्यक्ष निर्वाचनमा सहभागी हुनका लागि नाम दर्ता गराएको र उक्त नाम भाद्र २० गते बसेको जिल्ला कमिटि वैठकले माथिल्लो कमिटीलाई सिफारिस गरेको एमाले दोलखाले जनाएको छ ।
जिल्लामा ८ जनाको नाम आए पछि माथिल्लो कमिटीलाई सिफासिर गरे पश्चात ८ जनाकै नाममा छलफल गरी केन्द्रलेनै आधिकारीक उम्मेदवार तोक्ने भएको छ । दोलखामा गठबन्धन संग प्रत्यक्ष निर्वाचन लडनका लागि एमालेका पार्टीका केन्द्रीय सदस्य, वहालवाला सांसद, पुर्व मन्त्री, प्रदेश सांसद, पार्टी जिल्ला कमिटीका पुर्व अध्यक्ष लगाएतका नेताहरुले इच्छा व्यक्त गरेका छन् ।
पार्टीले नाम सिफारिस गरेका मध्ये धेरै नेताहरु संसदीय व्यवस्थामा अनु्भवी नेताहरु रहेका छन् । जस मध्ये पार्वत गुरुङ २०७४ सालमा निर्वाचित सांसद हुँदै दुई पटक मन्त्री र केपी ओली सरकारको प्रवत्ताको जिम्मेवारी निर्वाह गरी सक्नु भएको छ । पार्टीको पोलिटव्युरो सदस्यको जिम्मेवारीमा रहि हाल एमालेमा राजनिती गर्दै आउनुभएको छ ।
प्रत्यक्ष निर्वाचनको लागि उम्मेदवारी सिफासिरमा पर्नु भएका आनन्द पोखरेल समेत सांसद निर्वाचिन हुनुहुँदै पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालिसक्नु भएको छ । नेकपा एमालेको वागमती प्रदेश अध्यक्षको जिम्मेवारी सफलता पुर्वक सम्पन्न गर्दे पोखरेल हाल एमालेको पोलिटव्युरो सदस्य र वागमती प्रदेश सहइन्चार्जको जिम्मेवारीमा रहि काम गर्दे आउनुभएको छ । इश्वर चन्द्र पोखरलेल एमाले दोलखाको पुर्व पार्टी अध्यक्ष हुन् । जिल्लामा सफलतापुर्वक पार्टी संचालन गरेका पोखरेल हाल प्रदेश कमिटिमा रहेर काम गर्दे आउनुभएको छ ।
सिफारिसमा पर्नुभएका भरत प्रसाद दुलाल शैलुङ गाउँपालिकाको निर्वाचित प्रथम गाउँपालिका अध्यक्ष र पुर्व पार्टी सचिव हुन् । आफनो नेतृत्वमा शैलुङ गाउँपालिकालाई वागमती प्रदेशकै उत्कृष्ट गाउँपालिका वनाउन सफल दुलाल प्रदेश कमिटिमा रहि पार्टीको काम गर्दै आउनुभएको छ ।
विधार्थी राजनितीबाट पार्टीको राजनितीमा लाग्नु भएका उम्मेदवारीमा सिफारिस हुन भएका रचना खड्का पनि पार्टीमा प्रभावशाली नेताको रुपमा मानिन्छ । हाल उहाँ वागमती प्रदेश सांसद हुनुहुन्छ भने वागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री समेत भई सक्नुभएको छ । पार्टीको केन्द्रीय सदस्य र विभिन्न विभागहरुमा रहि काम गर्दै आउनुभएको छ ।
शान्ति माया तामाङ पाख्रिन पनि हालका वहालवाला सांसद हुन । यस अघि समेत दुई पटक समानुपातीक सांसद भई सक्नुभएका पाख्रिन यस पटक प्रत्यक्षमा निर्वाचन लड्ने मनसायमा हुनुहुन्छ । त्यस्तै पार्टीको विभिन्न कमिटीमा काम गर्दै आउनुभएका श्याम वस्नेतले समेत प्रत्यक्ष निर्वाचनको लागि नाम सिफारीस गर्नु भएको छ ।
संघको निर्वाचनका लागि प्रत्यक्षमा नाम सिफारिस भएको सरस्वती वस्नेत हाल बागमती प्रदेशको सांसद हुन । वागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हालि सक्नुभएका वस्नेत हाल पार्टीको विभिन्न कमिटीमा वसी काम गर्दै आउनुभएको छ ।
एमालेको जनाधार वलियो रहेको दोलखामा गठबन्धन र एमालेको विचमा प्रतिस्पर्धा हुने भएको छ । गठबन्धन अन्र्तगत दोलखामा संघमा कस्को भागमा पर्ने भन्ने टुंगो लागि सेकेको भने छैन् । संघमा काङग्रेस, माओवादी र समाजवादीले आआफनो दावी गर्दै आई रहेका छन् । दोलखामा एमालेको विरुद्ध मा गठबन्धन बन्दा समेत एमालेको जनाधार राम्रो मानिन्छ । यस अघिको निर्वाचनमा एमालले प्रतिस्पधी नेपाली काङग्रेसलाई फराकिलो मत अन्तरले पाराजित गर्दै एमाले निर्वाचित भएको थियो ।
