चरिकोट , राष्ट्रिय युवा संघ नेपाल दोलखाको बैठक विभिन्न निर्णय गर्दै आज चरिकोटमा सप्पन्न भएको छ ।
नेकपा एमालेका अध्यक्ष नर बहादुर श्रेष्ठको अध्यक्षता युवा संघ नेपालका केन्द्रिय प्रवत्ता महाराज गुरुङको आतिथ्यतामा भएको जिल्ला कमिटी बैठकले विभिन्न निर्णयहरु गरेको छ । युवा संघ नेपालले असोज ३ गते बृहत जिल्ला भेला आयोजना गर्ने निर्णय गरेको छ । जिल्लाको सबै स्थानीय तहको इन्चार्जको जिम्मेवारी तोकिएको छ । सरोज बस्नेतलाइ बैठकले जिल्ला प्रवत्ताको जिम्मेवारी तोकिएको छ ।
राष्ट्रिय युवा संघको पालिका स्तरिय इन्चार्ज अन्तर्गत गाैरीशंकर गाउँपालिकामा क. सुमन खड्का,वैतेश्वर गाउँपालिकामा क. राजकुमार पाख्रीन, जिरी नगरपालिकामा क. तेन्जी शेर्पा, तामाकोशी गाउँपालिकामा क. जीवन श्रेष्ठ, मेलुङ गाउँपालिकामानक. सुदिप कार्की, शैलुङ, गाउँपालिकामा क. अक्कल माेक्तान,भीमेश्वर नगरपालिकामा क. रामहरि सुवेदी र कालिञ्चोक गाउँपालिकामा क. हरिवंश साेडारीलाई इन्चार्ज तोकिएको प्रवत्ता सरोज बस्नेतले जानकारी दिनुभयो । पार्टीको उदेश्य अनुरुप नागरिकहरुका हक हितका निम्ति जनवर्गीय संगठनलाई चलायमान बनाइ संगठन निर्माणमा लाग्नका लागि पार्टी अध्यक्ष नर बहादुर श्रेष्ठले निर्देशन दिनु भयो । युवा संघ नेपाल केन्द्रले देश ब्यापी रुपमा कार्यक्रम संचालनको लागि सर्कुलर जारी भएको र दोलखाको समेत सबै पालिकाहरुमा युवा संघ विभिन्न कामहरु भइ रहेको केन्द्रिय प्रवत्ता महाराज गुरुङले बताउनु भयो । युवा संघ दोलखाका संयोजक भुवन गुरुङले भाद्र २१ गते सम्म सबै पालिकाको भेला सम्पन्न गर्ने र असोज ३ गते बृहत जिल्ला भेला गर्ने निर्णय भएको बताउनु भयो । बैठकले ३१ सदस्यीय सचिवालय समेत गठन गरेको छ ।

