चरीकोट, २ असार : दोलखाको गौरिशंकर गाउँपालिका वडा नम्वर ३ झयाकुमा आफ्नै प्रेमिकाले एक युवकको हत्या गरेको पाइएको छ । गौरिशंकर गाउँपालिका वडा नम्वर ३ झयाकुमा तिन साता अघि संकास्पद अवस्थामा मृत फेलापरेका युवकको आफ्नै प्रेमिकाले हत्या गरेको पुष्टी भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरिक्षक डिएसपी गंगा पौडेलले बताउनुभयो ।
घट्नाबारे अनुन्धानपछि जिल्ला प्रहरी कार्यालय दोलखाले आज पत्रकार सम्मेलनको आयोजना गरी युवकको कर्तव्य गरी हत्या गरिएको प्रेमिकाले स्विकार गरेको पत्रकार सम्मेलन गरी सार्वजनीक गरेको हो । जेठ १० गते देखि सम्पर्क विहिन भएका गत स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट वडा अध्यक्षको उम्मेदवार रहेका दिल बहादुर बस्नेतको २४ वर्षीय छोरा यान बहादुर बस्नेत जेठ ११ गते विहान घर नजिकै मृत अवस्थामा फेला परेको थियो । घटनाको विषयमा अनुसन्धान गर्दा युवक प्रेमिकाको घरमा रातिको समयमा आएको र विवाद भए पछि आफुले युवकको हत्या गरेको युवतीले स्विकार गरेको डिएसपी पौडेलले बताउनुभयो ।

युवक मदिरा सेवन गरी प्रेमिकाको घर प्रवेश गरी प्रेमिकालाई जवरजस्ती भगाउन खोज्दा केटीले प्रतिकार गर्ने क्रममा युवकको मृत्यु भएको प्रहरी अनुसन्धानले देखाएको छ । युवतीले प्रतिकार गर्दा युवकको घाँटी समातेको र मृत्यु भए पछि घर नजिकै जंगलमा लगि शव फालेको प्रहरी समक्ष युवतीले वयान दिएको प्रहरीले जनाएको छ । घट्नामा संलग्न भएको अभियोगमा युवतीको परिवारका ६ जना सदस्य र अर्का एक जना छिमेकी गरी ७ जनालाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा युवतीको बुबा, आमा, दुईजना दाजुभाई र एकजना छिमेकि रहेका छन । बस्नेतको हत्या गरेपछि उनका परिवारजनको सहयोगमा मृतकको शव व्यवस्थापन गरेको देखिएकोले उनिहरुको समेत संलग्नता रहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा प्रहरी पक्षबाट अनुसन्धान सकिएको र उनिहरुलाई केहि दिनमा नै अदालत पेश गर्ने तयारी रहेको पत्रकार सम्मेलनमा प्रहरीले जनाएको छ ।
गौरिशंकर गाउँपालिका वडा नम्वर ४ स्थित मानेडाँडा माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्यनरत विद्यार्थी र सोहि विद्यालयमा लेखाशाखामा कार्यरत शिक्षक मृतक यानबहादुर बस्नेत विगत दुई बर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए । विवाहको चर्चा चल्दा दुई परिवार विच नाता पर्ने र जवर वस्ती विवाह भए गाउँबाट निकाला गर्ने चर्चा चले पछि प्रेमिकाले विवाह अस्विाकर गर्दै आएको देखिएको छ । जेठ १० गते देखि सम्पर्कविहिन रहेको बस्नेतको शव घरबाट करिब २० मिनेटको दुरिको सर्सेपु स्थित सानो खोल्सीको ढुङ्गामाथि जेठ ११ गते विहान फेला परेको थियो ।
