एमाले अध्यक्षमा श्रेष्ठ र दुलाल बिच प्रतिस्पर्धा हुँदै, दुलालको तुलनामा श्रेष्ठ बलियो

पुष २४ चरिकोट ;
नेकपा एमाले दोलखामा अध्यक्ष पदमा दुई जनाको बिचमा प्रतिस्पर्धा हुने भएको छ ।
अध्यक्ष पदमा हालका उपाध्यक्ष नर बहादुर श्रेष्ठ र सचिब भरत दुलालको बिचमा प्रतिस्पर्धा हुने भएको हो । नेतृत्व हरुको बिचमा सहमतीमा नेतृत्व चयनका लागि पटक पटक छलफल हुदा पनि अध्यक्षमा सहमति हुन नसके पछि निर्वाचन हुन लागेको हो । नर श्रेष्ठ को अध्यक्षतामा नया कमिटी गठन गर्न अधिकंश नेता तथा कार्यकता तयार भए पनि हालका सचिब भरत दुलालले अध्यक्षमा उम्मेद्बारी दर्ता गराए पछि चुनाब हुन लागेको हो । पदाधिकारी तथा सबै कमिटीमा निर्वाचन हुने भएको छ । नर श्रेष्ठले आफुले उपाध्यक्ष पदमा रहेर लामो समय काम गरेको र आफू स्वभाबिक रुपमा अध्यक्षको बलियो उमेदवार रहेको बताएका छ्न । तेस्तौ अर्का उमेदवार भरत दुलालले आफुले पनि लामो समय देखि सचिब पदमा निर्वाचित भइ काम गरेको र पाटी लाई संगठित गराउनका लागि आफू अध्यक्षको बलियो उमेदवार भएको बताएका छ्न । निर्वाचन आइतबार बिहान बाट मात्र हुने भएको हुदा अझै पनि सर्वसम्मत नेतृत्व चयन गराउनका लागि नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा पुर्व मन्त्री पार्वत गुरुङ तीब्र छलफलमा जुटनु भएको छ । अझै सहमतिको लागि नेताहरुले प्रयास जारी राखेका छ्न ।

अध्यक्ष पदमा नर श्रेष्ठ भरत दुलाल भन्दा बलियो उमेदवार देखिएको छ । अधिकंश नेता तथा कार्यकता नर श्रेष्ठलाई अध्यक्ष बनाएर जानू पर्ने पक्षमा देखिएको छ भने दुलाललाइ उपाध्यक्ष बनाउनु पर्ने पक्षमा देखिएको छ । केही दिनसम्म अध्यक्ष पदमा चार जनाको उम्मेद्बारी चर्चा चले पनि भरत केसि र डबल पाण्डे ले अध्यक्षमा उमेदवार दर्ता गराएका छैन । उच्च स्तरिय श्रोतका अनुसार ती दुई उमेदवारले समेत नर श्रेष्ठलाई अध्यक्षमा समर्थन गरेको बताइएको छ ।