एमाले दोलखाको जिल्ला अधिबेशन उद्घाटन सत्र सकियो, सर्वसम्मत नेतृत्व चयनको संभावना प्रबल

चरिकोट २३ पुष : नेकपा एमाले दोलखाको दशौं जिल्ला अधिबेशन आज चरिकोटमा सुरु भएको छ ।

चरिकोट स्थित सिमपानी हलमा आजबाट एमाले दोलखाको जिल्ला अधिबेशन सुरु भएको हो । देशभर एकै साथ सुरु भएबो जिल्ला अधिबेशनको नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलिले भेर्च्युअल माध्यमबाट कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । एमाले दोलखाको अध्यक्ष ईश्वरचन्द्र पोखरेलको अध्यक्षतामा सुरु भएको जिल्ला अधिबेशनमा एमालेका पोलिट्ब्युरो सदस्य आनन्द पोखरेल, पार्वत गुरुङ, इश्वोरी रिजाल , एमाले दोलखाका इन्चार्ज सरस्वती बस्नेत , रचना खड्का, प्रेश चौतारी नेपालका अध्यक्ष गनेश बस्नेत ,प्रदेश सदस्य श्याम बस्नेत लगाएतले शुभकामना व्यक्त गर्नु भएको छ ।
आज बाट सुरु भएको जिल्ला अधिबेशन एमाले दोलखामा नया कार्यसमिति चयन गर्ने छ । एमालेको नेतृत्व लिनका लागि चार जनाले आकाङ्क्षा देखाएका छन । जिल्ला भरबार साढे सात सय प्रतिनीधि अधिबेशनमा सहभागी भएका छ्न । एमाले को नया नेतृत्व चयनको लागि सर्वसम्मत हुने सम्भावना बढ्दै गएको छ । सर्वसम्मत नेतृत्व चयनको लागि नेता हरु तथा आकाङ्क्षी हरुको बिचमा तीब्र छलफल भइ रहेको छ । बर्तमन अबस्थामा नेतृत्वको लागि पाटी भित्र निर्वाचन गराइ नेताहरु बिच बिभाजन नगरी सर्वसम्मत नेतृत्व चयनको लागि कार्यकताहरुको नेताहरुलाइ दबाब रहेको छ