चरिकोट, पौष १९ : नेकपा एमाले दोलखाको दशौँ जिल्ला अधिवेशनका लागि सवै प्रतिनिधीहरु सर्वसम्मत चयन सम्पन्न भएको छ ।
नेकपा एमाले दोलखाको यहि पौष २३ गते चरिकोटमा हुन गई रहेको दशैँ जिल्ला अधिवेशनका लागि दोलखाका ७४ वटा वडा, समन्वय कमिटी तथा जनवर्गीय संगठनहरुबाट जिल्ला अधिवेशन प्रतिनिधी सर्वसम्मत चयन सम्पन्न भएको हो । नेकपा एमालेको पन्ध्र हजार संगठित सदस्य रहेको दोलखामा अधिवेशनका लागि सात यस प्रतिनिधीहरु चयन भएका छन् । पौष २३ गते हुन लागेको अधिवेशनका लागि संगठित सदस्यको आधारमा प्रतिनिधी चयन गर्न पौष १७ गते ७४ वटै वडाहरुमा निर्वाचन तोकिएको भएता पनि आज विहान सम्म सवै ठाउँमा सर्वसम्मत प्रतिनिधीहरु छनोट सम्पन्न भएको नेकपा एमाले दोलखाका उपाध्यक्ष नर वहादुर श्रेष्ठले बताउनुभयो ।
नेकपा एमाले दोलखाले प्रतिनिधी छनोटको लागि एक सय संगठित सदस्य वरावर एक महिला सहित तिन जना र दलित तर्फ तिस संगठित सदस्य वरावर एक जना प्रतिनिधी आउने व्यवस्था गरेको थियो । दोलखा काठमाण्डौ सम्पर्क मञ्चबाट २० जना र प्रत्येक जनवर्गीय संगठनको तर्फबाट महिला सहित तिन जना प्रतिनिधी आउने व्यवस्था रहेको नेकपा एमाले दोलखाका सचिव भरत प्रसाद दुलालले बताउनुभयो । सवै पालिका कमिटिको नेतृत्वमा प्रत्येक वडाहरुमा पौष १७ गते का लागि निर्वाचन तोकिएको र अधिकांश वडामा सोहि दिन र केहि वडाहरुमा आइतवार प्रतिनिधी छनोटको काम सम्पन्न भई सकेको र सवै प्रतिनिधीहरुको एमाले पार्टी कार्यालयमा डाटा अपडेटको काम भई रहेको सचिव दुलालले बताउनु भयो ।
संगठित सदस्यको आधारमा वैतेश्वर गाउँपालिकाबाट ६४ जना, मेलुङ गाउँपालिकाबाट ८२ जना, विगु गाउँपालिकाबाट ४८ जना, गौरिशंकर गाउँपालिकाबाट ६९ जना, शैलुङ गाउँपालिकाबाट ६३ जना र जिरी नगरपालिका बाट ३८ जना प्रतिनिधी चयन भएका छन् । भिमेश्वर नगरपालिका, कालिन्चोक गाउँपालिका, तामाकोशी गाउँपालिकाका प्रतिनिधीहरुको डाटा अपडेटको काम भई रहेको सचिव दुलालले बताउनु भयो । त्यस्तै दोलखा काठमाण्डौ सम्पर्क मन्त्र बाट २० जना र भातृसंगठनहरुबाट तिन तिन जना गरी जिल्ला भरबाट करिव ७ सय प्रतिनिधी जिल्ला अधिवेशनमा सहभागि हुने भएका छन् ।
