२६ मंसिर, चरिकोट । नेकपा एमाले दोलखाको इन्चार्जमा सरस्वती बस्नेत ताेकिनु भएको छ ।
नेकपा एमालेको दशाैँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित हुनुभएको बस्नेतलाई आज बसेको केन्द्रिय कमिटीको बैठकले दोलखा इन्चार्जको जिम्मेवार तोकेको हो । दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ५ सुरिमा जन्मनु भएका बस्नेत बागमती प्रदेशको प्रदेश सभा सदस्य तथा पुर्व सामाजिक बिकास मन्त्रालयको नेतृत्व गरि सक्नु भएको छ ।