एमाले भिमेश्वोर नगर कमिटीको प्रथम अधिबेशन सम्पन्न, प्रधानको नेतृत्वमा सर्वसम्मत कमिटी गठन

दोलखा, नेकपा एमाले भीमेश्वर नगर कमिटी अध्यक्षमा ज्ञानेन्द्र प्रधान सर्वसहमत रुपमा निर्वाचित हुनुभएको छ ।

शुक्रबार चरिकोटमा भएको अधिवेशनले प्रधानको नेतृत्वमा ७५ सदस्यीय कमिटी निमार्ण गरेको नेकपा एमाले भीमेश्वर नगर कमिटीले जनाएको छ । कमिटीको उपाध्यक्षमा जगन्नाथ बस्नेत, सचिवमा भोला खतिवडा तथा उपसचिवमा ज्ञानबहादुर तामाङ र मेनुका सुवेदी रहनुभएको छ ।

अधिवेशनबाट निर्वाचित कमिटीलाई शुक्रबार नै एमाले दोलखाका अध्यक्ष इश्वरचन्द्र पोखरेलले सपथ ग्रहण गराउनुभएको नवनिर्वाचित नगर कमिटी सचिव भोला खतिवडाले जानकारी दिनुभयो । अधिवेशनले ३७ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ ।