जिरी , नेकपा एमालेले जिरी नगरपालिकामा केसब कुमार कार्किको अध्यक्षतामा ७५ सदस्यीय एमाले नगर कमिटी गठन गरेको छ ।
जिरिमा आज आयोजना गरेको प्रथम नगर अधिबेशनले कार्किलाइ अध्यक्षमा चयन गरेको हो । तेसै गरि नगर कमिटीको उपाध्यक्षमा मिङमा शेर्पा , सचिबमा भुपेन्द्र राज सुनुवार, सह सचिबमा कृष्ण कुमारी तामाङ र पदेमान जिरेल चयन भएका छ्न । नगर कमिटीमा नगरपालिकाको बिभिन्ना वडालाइ समेटिएर ७५ जनाको नगर कमिटी गठन भएको हो ।
नब निर्वाचित नगर कमिटीका सदस्य तथा पदाधिकारी हरुलाइ नेकपा एमाले दोलखाका अध्यक्ष तथा नेकपा एमाले बागमती प्रदेश सदस्य ईश्वरचन्द्र पोखरेलले सपथ ग्रहण गराउनु भएको छ । नगर अधिबेशन कार्याक्रमलाइ संबोधन गर्नु हुँदै नेकपा एमाले दोलखाका इन्चार्ज पार्वत गुरुङले नेकपा एमाले हरेक नागरिकको मन मुटुमा बसेको पाटी भएको र जो कोहिले चहादैमा दोलखामा एमाले कम्जोर नहुने भन्नू हुँदै सबै कमिटीहरुलाइ संगठन बिस्तारमा लाग्न निर्देशन दिनु भयो । जिरी नगरपालिकाको सबै वडाहरुमा वडा अधिबेशन सप्पन्न भइ सकेको छ । सबै वडाहरुमा एमालेले नया नेतृत्व चयन गरि सकेको छ ।
एमालेमा प्रबेश
जिरिमा आयोजना गरेको जिरि गाउपालिका कमिटीको प्रथम अधिबेशनमा विभिन्न पाटी परित्याग गरि सयौं युवाहरु नेकपा एमालेमा प्रबेश गरेको छ । जिरी नगरपालिका भित्रका विभिन्न वडाका युवाहरु आज एमालेमा प्रबेश गरेका हुन । विभिन्न पाटी परित्याग गरि एमाले प्रबेश गर्ने युवाहरूलाई नेकपा एमालेका नेता पुर्व संचार मन्त्री पार्वत गुरुङले पार्टीमा स्वागत गर्नु भएको छ । नगरपालिकाको विभिन्न वडाहरु तथा नगरकमिटिमा संलग्न रहि काम गर्दै आएका युवाहरु एमालेमा प्रबेश गरेका हुन । तल्लो सिक्री र लुकुवाका संगो टोलनै एमालेमा प्रबेस गरेको छ । दोलखाको जिरी नगरपालिकामा एमालेमा नागरिकहरुको आकर्षण बढ्दै गएको छ ।